सोलुखुम्बुमा मिनी म्याराथन बन्दना र काशिनाथ प्रथम


 

२५ कार्तिक/सल्लेरी, सोलुखुम्बु – सामुदायिक रेडियो सोलु एफएम र योङ्ग स्टार क्लवको स्थापना दिवसको अवसरमा आयोजित खुल्ला महिला पुरुष मिनी म्याराथनमा महिला तर्फ बन्दना राजभण्डारी र पुरुष तर्फ काशिनाथ घिमिरे प्रथम हुनु भएको छ । आज सम्पन्न फाप्लु सुर्केदेखि सोलु एफएमसम्मको मिनी म्याराथनमा निर्धारित दुरी बन्दनाले २८ मिनेट ५० सेकेण्डमा र काशिनाथले २२ मिनेट ५० सेकेण्डमा पुरा गर्नुभयो ।
निर्धारित दुरी २९ मिनेट २५ सेकेण्ड र २९ मिनेट ५३ सेकेण्डमा पुरा गर्दै महिला तर्फ क्रमशः काँगेल सोलुखुम्बुकी इन्दिरा कार्की र शर्मिला बस्नेत क्रमशः द्धितीय र तृतीय हुनुभयो । यस्तै निर्धारित दुरी २२ मिनेट ५५ सेकेण्ड र २३ मिनेट १० सेकेण्डमा पार गर्दै पुरुष तर्फ क्रमशः केरुङ १ का छिरिङ तामाङ र काँगेल ६ का नविन बस्नेत द्धितीय र तृतीय हुनुभयो ।
म्याराथनमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ३ हजार ३ सय ३३, २ हजार २ सय २२, १ हजार १ सय ११ नगदका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो । मिनी म्याराथनमा महिला तर्फ २५ जना र पुरुष तर्फ ६० जनाको सहभागिता रहेको थियो ।
मिनी म्याराथन पछि आयोजित पुरस्कार वितरण समारोहमा योङ्ग स्टार क्लव तथा सोलु एफएम सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले योङ्ग स्टार क्लवले समग्र नेपाल भरी कार्य गर्ने गरी विधान संशोधन गरेको र सोलु एफएमको नयाँ स्टुडियो भवन बनाउने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पोखरेलले सोलुखुम्बु जिल्लाका लागि मात्रै नभएर छिमेकी जिल्लाका नागरिकहरुलाई समेत सोलु एफएमले आफ्नो प्रसारणका माध्यमवाट महत्वपुर्ण सेवा पु¥याएको बताउनुभयो ।
कार्यक्रममा सोलु एफएम सञ्चालक समितिका सदस्य बुद्धिकुमार राजभण्डारी, आङदामी शेर्पा, नेकपा एमालेका अध्यक्ष आङङिमा लामा, एकिकृत नेकपा माओवादीका सेक्रेकटरी सागर किराती, नेपाली कांग्रेसका आङकामे शेर्पा, निमित्त जिल्ला शिक्षा अधिकारी अष्ट लामाले सोलु एफएमको कार्यको सह्राना गर्दै अझ सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
क्लवको ३३ औं र सोलु एफएमको ८ औं स्थापना दिवसको अवसरमा खुल्ला महिला पुरुष मिनी म्याराथनको आयोजना गरिएको हो ।
स्थापना दिवस कार्यक्रमकै अवसर पारेर सोलु एफएममा स्वयम् सेवक सम्वाददाताको रुपमा कार्यरत झमकबाबु बस्नेत, डिल्ली शर्मा र आङफूला शेर्पालाई उत्कृष्ट सम्वाददाताको रुपमा पुरस्कृत गरिएको थियो भने कार्यरत कर्मचारीहरुलाई कलम, डायरी तथा लोगो अंकित ज्याकेटका साथमा कदर पत्र प्रदान गरिएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s