महत्वपुर्ण निर्णयहरु सहित धर्म डाँडा शेर्पा समाजको नियमित बैठक सम्पन्न


IMG_0072.JPGकाठमाण्डौ भाद्र २०, धर्म डांडा शेर्पा समाजको नियमित बैठक अध्यक्ष छिरिङ तेन्जिङ शेर्पाको अध्यक्षतामा बौद्ध तीनचुली स्थित साँस्थको कार्यलयमा सम्पन्न भएको छ। नियमित बैठकको क्रममा ६ वटा महत्वपुर्ण बुँदाहरु क्रमश: १)लोसार पर्व, २) ब्रित चित्र, ३) दात्रि साँस्थाको सहायोग , ४) अपाङग ब्यक्तिलाई सहायोग, ५) नयाँ ट्रेकिङ रुट सम्बन्धि,६) आर्थिक सम्बन्धि, माथिको बुँदाहरु माथी छलफल हुँदा

प्रस्ताव नं १ मा शेर्पाहरुको महान पर्व नयाँबर्ष लोसार लाई ब्यवस्थित साँग मनाउने बारेमा छ्लफल भयो।बिगत लामो समयदेखि लोसारको लावा कमिटि द्वारा मान्दै आएको लोसारमा बिगतको दिनहरुमा केहि त्रुटी अनियमित्तहरु देखिएको हुनाले यस बर्ष बाट साँस्थाले ब्यवस्थित रुपमा चलाउने भन्ने प्रस्तावमा यस बर्षको लोसार कमिटीहरुले नै साँस्थासँग समनवय

गरि लोसार मनाउने निर्णय गर्‍यो। साँस्थाले पनि यो लावा कमिटीहरुलाई अन्तिम लावा’ कमिटी हुने प्रस्ताव राख्दै यस पटकको लोसारमा स्टेज कार्यक्रम लगायत अन्य मोरन्जनात्मक कार्यक्रमहरु साँस्थाले नै गर्ने तर अन्य कामहरु भने लावाहरुलाई नै गर्न दिने निर्णय गर्दै अर्को बर्षबाट निरन्तररुपमा लोसार पर्वलाई साँस्थाद्वार गर्ने निर्णय भयो।
प्रस्ताव नं २, माथिको छलफलमा साँस्थाको सह-कोषाध्यक्ष तथा फोटोग्रफर लाकपा राङडु शेर्पाले बिगत लामो समय देखि बिभिन्न समयहरुमा खिचेर साँगालो गरेको एक ब्रितचित्र वातवरण र पर्यवरण सँग सम्बन्धित ब्रित चित्रलाई अउदो बिस्व वातवरण दिवसको अवसरमा साँस्थाको तर्फबाट नेपालको सबै श्रब्यद्रिस्य टि. भि.हरु मार्फत एकै पटक एकै साथ प्रसारन गर्ने निर्णय भयो। उक्त ब्रित्त चित्रबाट संकलित रकमहरु ५० % साँस्थालाई ४० % निर्माण निर्देशकलाई र बाँकी १० % अपाङग कोषलाई दिने निर्ण्य भयो।
प्रस्ताव नं ३, मा छ्लफल गर्दा हालै यस साँस्था सँग सम्पर्कमा आएको बेलायतको एक साँस्थाले बिधालय भवन निर्माणको लागी सहायोग गर्ने भन्ने  प्रस्तावमा गाँउको बिधालयमानै सुधार गर्ने हो वा, गाँउबाट काठमाण्डौमा बिभिन्न समयमा बिभिन्न कारनहरुले बसोबास गर्ने त्यस क्षेत्रको शेर्पा समुदायको लागी बिधालय निर्माण गर्ने वा हाल शेर्पा समाजभित्र चलि रहेको शेर्पा भाषाको बिधालय निर्माण कमिटि सँग समन्वय गर्ने भन्ने बारेमा साँस्था र दात्रि साँस्था सँग ब्रिहत छ्लफल गरि कार्यक्रम अघि बढाउने भन्ने बारे छलफल भयो।
प्रस्ताव नं ४, मा छलफल गर्दा केहि महिना अघि सोलु खुम्बु जिल्ल सोताङ गा. बि. स. चित्रे निवासी आङ नुरु शेर्पाको छोरो बर्ष ९को ङुन्डु शेर्पालाई साँस्थाको तर्फबाट केहि रकम सहायोग गर्ने निर्ण्य गर्दौ सान्त्वना स्वरुप रु. १५००० पन्ध्र हजार रुपैय नगद सहायोग गरेको छ। निज शेर्पालाई दुई महिना अघि गाँउमा नै सर्पले डसी प्रथामिक उपचार र अन्य उपचार गर्न ढिलाई भएकोले काठमाण्डौमा ल्याई कन्तिबाल असपतालमा दाँया हातनै काठनु परेको थियो।
प्रस्ताव नं ५, मा छ्लफल गर्दा साँस्थाले पहल गर्न लागेको महत्वपुर्न कार्य गाँउमा पर्यटन पर्वद्धनको लागी भै रहेको पहललाई के कसरि चाँडो भन्दा चाँडो अघि बढ्ने र बढाउने भने बारेमा प्रस्ताव लेखन र तैयारीको लागी अध्यक्ष र मह  सचिवको जिम्मेवरी र बिभिन्न एक हप्ता देखि एक महिना सम्माको ट्रेकिङ रुट र आईटिनिरेरी तयारकोलाई कोषाध्यक्ष श्री दा गेल्जेन शेर्पाको नेत्रित्वमा एक समिति गठन गरि निर्धारित समय भित्र आवस्यक कागजात बुझाउने निर्णय भयो।
र अन्त्यमा प्रस्ताव नं, ६ मा छ्लफल गर्दा केहि दिन अघाडी साँस्थाले गरेको कर्यक्रममा  उठेको बिभिन्न रकमहरु कोषाध्यक्ष, अध्य्क्ष र महा सचिवकै नेत्रित्वमा आर्थिक संकलन गर्ने निर्णय भयो।
यसरी माथीको प्रस्तावहरुमा गहन छ्लफल र निर्णय गर्दै चाँडै पुन अर्को बैठक बस्ने बाचाको साथा अध्यक्ष छिरिङ तेन्जिङ शेर्पाद्वारा बैठक समापन भएक् घोषना गर्नु भयो।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s