५ सय पटक भन्दा बढी ओहोरदोहोर


मनोजकुमार श्रेष्ठ – खोटाङ, महेश्वरी ३ का शेरजङ्ग राई (५२) ले महेश्वरीवाट सोलुखुम्बु सदरमुकाम सल्लेरीसम्म  ५ सय पटक भन्दा बढी ओहोरदोहोर गर्नुभएको छ । महेश्वरीवाट सल्लेरी आइपुग्न मज्जाले एक दिन हिड्नुपर्छ । २०४६ सालमा खोटाङको ऐशेलुखर्कमा संगम फोटो स्टुडियो खोल्नु भएका राई फोटो धुलाईका लागि हरेक १५/१५ दिनमा सोलुखुम्बुको सदरमुकाम सल्लेरी आउछन् । “२० बर्ष भयो पन्ध्र पन्ध्र दिनमा त म अनिवार्य रुपमा सल्लेरी आइपुगेकोछु, कति पटक त हप्ता हप्ता दिनमा पनि सल्लेरी आएकोछु, सबै हिसाब गर्ने हो भने मेरो ३ बर्ष त महेश्वरी – सल्लेरी गर्दा नै बित्यो” शेरजङ्ग भन्छन् ।
खोटाङको ऐशेलुखर्कमा फोटो खिच्ने तथा अरुले खिचेर ल्याएका फोटो समेत (डिजिटल) धुलाउने काम गर्छन् । पुरानो प्रबिधि हिटीवाट उनी आफै पनि ऐशेलुखर्कमा नै फोटो धुलाउछन् । तर गुणस्तरीय फोटो सेवाका लागि सल्लेरी नै आइपुग्छन् राई । भन्छन् “सल्लेरीको न्यू स्टार कलर ल्याबमा राम्रो फोटो धुलाई हुन्छ, यसका सञ्चालक बद्रीराज राई र मैले सँगै फोटोको काम पनि शुरु गरेका हौं ।”
इमरजेन्सी तथा अली धेरै फोटो धुलाउनेहरु आएमा राई हप्ता÷हप्ता दिनमा नै सल्लेरी आउँछन् । नत्र पन्ध्र पन्ध्र दिनमा मात्रै उनी सल्लेरी आउने भएकाले पन्ध्र दिनमा मात्र ग्राहकहरुले सेवा पाउँछन् । तर कतिले मौका परेका बेला भने तिनै दिनमा सामान्य मुल्यमा नै फोटो सेवा पाउँछन् ।
पहिले पहिले बर्षको एक लाखसम्म फोटोको कामवाट कमाएको बताउने राईको व्यापार भने अचेल घटेकोछ । “यो डिजिटल सिस्टम आए पछि मेरो व्यापार अलि घट्यो, डिजिटल फोटो खिचेर ग्राहकहरु नै सदरमुकाम गएको बेला फोटो धुलाउँछन्, त्यही भएर मेरो व्यापार घटेको हो” राई भन्छन् ।
३ छोरी र एक छोराका पीता समेत रहेका राई आफ्नो स्वास्थ्यले साथ दिएसम्म फोटो स्टुडियो चलाइ रहने बताउँछन् । फोटोको कामले मात्रै जीवन चलेको छ त भन्दा राई भन्छन् “कहाँ चल्नु नी, म किसान पनि हुँ, खेती पनि गर्छु ।” आफूले लामो समयदेखि गरेको काम छोरा छोरीले गर्ला भन्ने राईलाई लागेको छैन । कति ग्राहकहरुले गाली पनि गर्छन्, त्यसैले पनि होला उनीहरुले यस तर्फ चासो नै लिएका छैनन् । फोटो सम्बन्धी कुनै पनि तालिम नलिएका राईले स्थानीय ज्योति प्राथमिक विद्यालय महेश्वरीमा ७ बर्षसम्म अध्यापन समेत गर्नुभएको थियो । आफ्नै पहलमा गाउँमा सो स्कुल बनाएका राईले २०३७ सालमा एसएलसी परिक्षामा सहभागी भएका राई अनुत्तिर्ण भएका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s