जिरी – लुक्ला दौडका प्रतियोगीहरु सोलुखुम्बुको जुनबेसीमा


खेल पर्यटनलाई बढावा दिन आयोजना गरिएको दौडमा ७ नेपाली सहित ५७ जना सहभागी

२७ कार्तिक (सोलु अनलाइन) -स्पोटर््स एडभेन्चर पीक ट्रेक एण्ड एक्सपिडिसनको आयोजना जिरीवाट शुरु भएको तेश्रो सोलुखुम्बु ट्रायल २०१० दौडका प्रतियोगीहरु सोलुखुम्बुको जुनबेसीमा आइपुगेकाछन् । नेभेम्बर ११ मा जिरीवाट शुरु भएको दौडका प्रतियोगीहरु आज जुनबेसी आइपुगेका हुन् ।
नेपालमा खेल पर्यटनको प्रबल सम्भाबना रहेको र यसलाई बढावा दिन यस दौडको आयोजना गरिएको हो ।
जम्मा ३ सय किलोमिटरको १३ दिने दौडमा ७ स्वदेशी र ५० बिदेशी गरी ५७ जना धावकहरुको सहभागिता रहेको एक्सपिडिसनका दोर्जी शेर्पाले जानकारी दिनुभयो । जसमा नेपालका ७, फ्रान्सका ४७, ग्रीसका १ र स्वीट्जरल्याण्डका २ जना धावकहरु रहेकाछन् । दौडमा ३ नेपाली महिला र २ जना बिदेशी महिलाहरु सहभागी छन् ।
दौडमा सहभागी भएका नेपाली धावकहरुमा दावा शेर्पा (टाक्सिन्दु), पासाङ दावा शेर्पा (काँकु), उत्तरकुमार राई (संखुवासभा), याङडी लामा (टाक्सिन्दु), टासी जाङमु शेर्पा (चौरिखर्क), ङिमा याङजी शेर्पा (खुम्जुङ) र डोल्मा शेर्पा (टाक्सिन्दु) रहेकाछन् ।
दौडको नेपाली आयोजक दोर्जी शेर्पा र फ्रान्सका आयोजक दावा छिरी शेर्पा रहनु भएको छ । दौड प्रतियोगिताका प्रतियोगीहरुका साथमा २ जना डाक्टर, २ जना मसाज गर्ने, २ जना फ्रान्सका सञ्चारकर्मी र सेक्रेटरी १ जना गरी ७ जना अन्य बिदेशी पनि सहभागी रहेकाछन् । दौडका सहभागीहरु भोली जुनबेसीवाट शस्रबेनी हुँदै थामे, लबुचे, फेरुचे लगायतका स्थानमा पुगेर नोभेम्बर २५ मा लुक्ला आइपुग्दा प्रतियोगिता सम्पन्न हुने आयोजक दोर्जी शेर्पाले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s