प्रधान मन्त्रीद्वारा बजेट ल्याउन छलफल तीब्र


आजै सत्ताधारी दल र क्याबिनेट बैठक-
काठमाडौँ, कात्तिक २७- प्रधान मन्त्री माधवकुमार नेपालले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थसचिवसँग बजेट ल्याउनेबारे छलफल गरेका छन्। सहमति हुने सम्भावना तत्कालका लागि न्युन भएकाले मङ्सिर ३ गतेभित्र बजेट ल्याउने प्रधान मन्त्रीको प्रतिबद्धताअनुसार सो छलफल भएको हो।

प्रधान मन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा बजेटको आकारप्रकार, योजना, कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन लागिएको छ र बजेटको तयारी कस्तो भइरहेको छ भन्ने विषयमा उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल र अर्थसचिव रामेश्वर खनालसँग छलफल भएको जानकारी प्रधान मन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले दिए।

उनका अनुसार दलहरुसँग भइरहेको सत्तासाझेदारी, राजनीतिक गतिरोधको अन्त्य, बजेट, सेना समायोजनलगायतका विषयमा एकमुष्ट सहमति हुने सम्भावना तत्कालका लागि नभएकाले छलफल गरिएको हो।

यसअघि प्रधान मन्त्री नेपालले अर्थ मन्त्री सुरेन्द्र पाण्डेलाई मङ्सिर ३ गते बजेट ल्याउनेगरी तयारी गर्न निर्देशन दिइसकेका छन्।

त्यस्तै प्रधान मन्त्री नेपालले हिजोमात्र पूर्व अर्थ सचिव तथा कानुन व्यवसायीसँग बजेट ल्याउँदाका चुनौती र कानुनी अड्चनबारे छलफल गरेका थिए। छलफलमा सहभागी पूर्व अर्थ सचिव तथा कानुन व्यवसायीले बजेट ल्याउन कुनै कानुनी अड्चन नभएको सुझाव प्रधान मन्त्रीलाई दिएका थिए।

सरकारले प्रस्तुत गरेको एक तृतीयांश बजेट यही कात्तिक मसान्तभित्र सकिने भएकाले मुलुकलाई आर्थिक सङ्कटबाट मुक्त गराउन मङ्सिर ३ गते बजेट ल्याउनुपर्नेमा प्रधान मन्त्री नेपालले जोड दिँदै आएका छन्।

प्रधान मन्त्री नेपालले बजेटकै बारेमा आजै सत्ता साझेदार दल र मन्त्रिपरिषद्को बैठक डाकेका छन्।
– रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s