श्यामकृष्ण स्मृति छात्रवृत्ति वितरण


पेम्बा गेलु शेर्पा/काठमाडौं । सोलुखुम्बुको खुम्जुङ माध्यमिक विद्यालयका भुतपूर्व विद्यार्थीहरूले प्रधानाध्यापक स्व. श्यामकृष्ण प्रधानको स्मृतिमा वार्षिक रूपमा प्रदान गरिदैं आएको ‘श्यामकृष्ण स्मृति छात्रवृत्ति यो वर्ष खुम्जुङ माविका फुर्वा तेन्जीङ शेर्पा र हिसी डोमा शेर्पालाई प्रदान गरिएको छ ।

हिमालयन ट्रष्टको कार्यालय डिल्लीबजारमा एक कार्यक्रमको आयोजना गरी यस वर्षको प्रवेशिका परीक्षामा सोलुखुम्बु जिल्लाबाट पुरूषतर्फ ८६.७५ प्रतिशत अंक ल्याई उत्कृष्ट हुने सोलुखुम्बु थामेका फुर्वा तेन्जीङ शेर्पा र महिला तर्फ ८३.३७ प्रतिशत अंक ल्याई उत्कृष्ट हुने सोलुखुम्बु खुन्देकी हिसी डोमा शेर्पालाई प्रदान गरियो ।

सोलुखुम्बु जिल्लाबाट प्रवेशिका परीक्षामा उत्कृष्ट हुने महिला र पुरूषलाई दश–दश हजार र खुम्जुङ माविबाट उत्कृष्ट हुनेलाई पाँच हजार गरी पच्चीस हजार राशिको यो छात्रवृत्ति वार्षिक रूपमा वितरण गरिदैं आइरहेको छ । कार्यक्रममा खुम्जुङ माविका भुपु विद्यार्थीहरू द माउन्टेन इन्ष्टिच्युटका सिनियर प्रोग्राम म्यानेजर आङ ह्रिता शेर्पा, एसियन टे«किङ्गका पासाङ दावा शेर्पा, बेयुल एडभेन्चरका पासाङ शेर्पा, हिमालयन ट्रष्टका प्रशासकीय अधिकृत पासाङ शेर्पा, रेडियो नेपालका शेर्पा समचारवाचक तथा कार्यक्रम सञ्चालिका मिङमा शेर्पा लामा लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।

छात्रवृत्ति प्राप्त गर्नुहुने फुर्वा तेन्जीङ शेर्पा विज्ञान संकायमा र हिसी डोमा शेर्पा व्यवस्थापन संकायमा अध्यनरत छन् भने उनीहरू भविष्यमा इन्जिनियर र चार्टड एकाउन्टेन्ट बन्ने लक्ष्य रहेको बताए ।लामो समयसम्म खुम्जुङ माविमा प्रधानाध्यापक रही योगदान दिदंै आउनुभएका स्व. श्यामकृष्ण प्रधानको ९ नोभेम्भर १९९८ मा स्वर्गारोहण भएको थियो तत्पश्चात उहाँको स्मृतिमा खुम्जुङ माविका भुपु विद्यार्थीहरूले सन् १९९९ मा संगठित रूपले “श्याम कृष्ण स्मृति छात्रवृत्ति” कोष खडा गरी वार्षिक रूपमा वितरण गरिदैं आईरहेको छ ।

Advertisements

One thought on “श्यामकृष्ण स्मृति छात्रवृत्ति वितरण

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s