हराएका अमेरिकी पदयात्रीका बारेमा जानकारी दिनेलाई १० लाख पुरस्कार दिने घोषणा


२७ कार्तिक (सोलु अनलाइन) – नेपालको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रवाट गत अप्रिल २२ देखि हराइरहेकी २३ बर्षीय अमेरिकी अब्रे साक्कोको बारेमा जानकारी दिने सुचनाकर्तालाई १० लाख रुपैया पुरस्कार दिइने भएको छ । यस अघि साक्कोका परिवारले घोषणा गरेको ३ लाख रकम बढाएर १० लाख पु¥याइएको हो ।
साक्कोको बारेमा सुचना दिँदा अमेरिकी दुतावासको सहयोगमा सुचनादातालाई सुरक्षाको पूर्ण ग्यारेण्टी गर्ने आमा कोनी साक्कोको भनाई छ । कोनीको भनाईमा अब्रे साक्को हराउनमा जो सुकै जिम्मेवार भए पनि अब्रे घर आइपुगे मात्र पुग्छ । अब्रेका बारेमा कसै न कसैलाई जानकारी भएको विश्वास समेत आमा कोनीले व्यक्त गर्नुभएको छ ।
लाङटाङका तामाङ थरका तेन्जिङ, गल्सान र टसी  ब्रे हराउनमा जिम्मेवार भएको समेत आमा कोनीले आरोप लगाउनुभएको छ । उनीहरुले अप्रिल २२ मा अब्रेलाई लाङटाङ क्षेत्रको लामा होटल भिलेजमा खाना खाइरहेको अवस्थामा अन्तिम पटक देखेको बताइएको छ । अब्रेलाई कसैले देखेमा सोलु अनलाइनमा समेत खबर गरिदिन सक्नेछन् ।

Leave a comment