अनौठो शिशुको जन्म


राजविराज, कार्तिक २८ – राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा आइतवार बिहान एकजना महिलाले अनौठो किसिमको बच्चा जन्माएकी छन् । सप्तरीको पकरी गाविस–४ बस्ने मोहम्मद बसिरकी २८ वर्षीया श्रीमती महिरून खातुनले महिला वा पुरुष भनेर केही नछुट्टिने बच्चालाई जन्म दिएकी छन् ।

बच्चाको टाउको अनपेक्षितरूपमा ठूलो, नाक नभएको तथा आँखाको ठाउँमा दुईवटा सानो प्वालमात्र भएको बच्चालाई जन्म दिएकी छन् । बच्चाको शरीर पूर्णरूपले विकसितसमेत भएको छैन ।

बच्चालाई हेर्न अञ्चल अस्पतालमा भिड नै जम्मा भए पनि बच्चाका परिवारका सदस्यहरूले कसैलाई पनि हेर्न भने दिएनन् । छैठौँ सन्तानको रूपमा जन्मिएको उक्त बच्चा जीवित नै रहेको चिकित्सकहरूले बताएका छन् ।

पाँचौ सन्तान पनि यस्तै किसिमको जन्मिएको र केही घन्टामै मृत्यु भएको बसिरले बताए । उनको तीन सन्तान घरमा जीवित छन् भने यसअघि दुईवटाको मृत्यु भइसकेको छ ।

सुत्केरी महिरून भने स्वस्थ रहेको र अस्पतालले आमा तथा बच्चालाई डिस्चार्ज गरिसकेको जनाएको छ ।

आफूले पहिलोपटक यस्तो बच्चालाई हेरेको अञ्चल अस्पतालकी स्त्री तथा प्रसूति रो विशेषज्ञ डा दीपा यादवले बताए ।

गर्भवती भएको बेला नियमित रूपले स्वास्थ्य जाँचसमेत नगराएको र त्यतिबेला प्रतिकूल प्रभाव पार्ने खालका कुनै औषधिको सेवनले बच्चालाई नराम्ररी प्रभावित पारेको हुन सक्ने डा. यादवको आशंका छ ।

सो बच्चा नौ महिनाको पूरा समयमा नै जन्मिएको हो । पारिवारिक जीन (आनुवंशिक प्रभाव) को कारण पनि यस्ता अनौठो बच्चाको जन्म भएको अर्का डा. अमरेन्द्र झाले बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s