च्याटबाट चिनजान भएको व्यक्तिसँग भेट्ने बालबालिका सुरुमै यौन दुर्व्यवहारको शिकार


काठमाडौँ, कात्तिक २९– काठमाडौं उपत्यकाका ६० प्रतिशत बालबालिकाले अनलाइनमार्फत् चिनजान भएका अपरिचित मान्छेसँग भेट्ने गरेको र तीमध्ये १६ प्रतिशत सुरुमै यौन दुर्व्यवहारको सिकार हुने गरेको एक अध्ययनले जनाएको छ। १७ प्रतिशतले आफूलाई मन पर्ने साइटमा अश्लील साइट रोजेको पनि अध्ययनमा उल्लेख छ। 

उपत्यकाका  १ हजार ३ सय ८० बालबालिकामध्ये ७ सय ३८ जनाले मनोरञ्जनका लागि इन्टरनेट प्रयोग गर्ने गरेको र सोही क्रममा यौन दुर्व्यवहारको शिकार हुने गरेको एक उक्त तथ्याङ्कले देखाएको हो।

बाल मजदुर सरोकार केन्द्र (सिविन) नेपालले आज यहाँ सार्वजनिक गरेको “बालबालिकाद्वारा इन्टरनेटको प्रयोग” विषयक अध्ययन प्रतिवेदनमा ४ सय ७४ जना बालक र २ सय ६४ जना बालिकाले उक्त प्रयोजनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको उल्लेख छ।

सिविनका कार्यकारी संयोजक सुम्निमा तुलाधरका अनुसार अध्ययन गरिएका ती बालबालिकामध्ये २ सय २६ जना सार्वजनिक विद्यालयका र ८ सय ९७ जना निजी विद्यालयका बालबालिका सहभागी थिए। अन्यले आवश्यक उत्तर नदिएकोसमेत प्रतिवेदनमा उल्लेख छ।

अध्ययनमा ६ सय ८६ बालक र ६ सय ९५ जना बालिका सहभागी भएको  पनि उनले बताइन्।

उनले बालबालिकाविरुद्ध हुने यस प्रकारका दुर्व्यवहार रोक्न सबैमा चेनता फैलाउनुपर्ने र अपराधीलाई कारबाही गर्न बालबालिकाका लागि छुट्टै साइवर अपराधसम्बन्धी ऐन ल्याउनुपर्ने आवश्यकता पनि औँल्याइन्।
– रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s