वनभोजबाट फर्किएको बस दुर्घटनामा दुईको मृत्यु, ४० घाइते


प्रदीप मेन्याङ्बो, धरान, कार्तिक २८ – धरान नजिकै आपगाछी घुम्तीमा आइतबार साँझ साढे ६ बजे भेडेटारवाट धरानतर्फ आउँदै गरेको को १ ख २०६० नम्वरको वस दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । सुनसरी र धनकुटाको वीचमा पर्ने भेडेटारमा बनभोज खाएर फर्किंदै गरेको वस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक केशव भट्टराईले जानकारी दिए ।

बसमा चढेका मध्ये ४० जना घाइते भएका छन् । दुर्घटनामा मोरङ मृगौलिया ८ बस्ने ५० वर्षिया पदममाया वस्नेत र मृगौलिया ५ बस्ने १६ वर्षिय शर्मिला चौलागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर छ । १८ जना डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको कारण खुल्न नसके पनि चालकले मादक पदार्थ बढी खाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s