दाहालले एउटै प्रतिवेदनका लागि प्रयास गर्ने


काठमाडौं, कात्तिक २९ – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले विस्तारित बैठक पहिले बस्ने केन्द्रीय समितिको पूर्ण बैठकमा एउटै दस्तावेज ल्याउने तयारी गरेका छन्। गोरखाको पालुङटारमा मंसिर ५ गतेदेखि हुने छैटौ विस्तारित बैठकका लागि आफ्ना तर्फबाट दुई वटा फरक प्रस्तावको भावना समेट्ने गरी आधिकारिक प्रस्ताव ल्याउने गृहकार्य गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनाएका छन्।

‘पहिले छलफलका लागि तीन वटा विचारलाई तलसम्म पठाएका छौं’, श्रेष्ठले नागरिकसित भने, ‘अब अध्यक्षले तीनवटै कार्यपत्रको संश्लेषित रुपलाई आधिकारिक दस्तावेज पेश गर्नुहुन्छ, त्यसमा कसैको विमति छ भने भिन्न मत राख्न पाउनुहुनेछ।’

असोज पहिलो साताको केन्द्रीय समिति (सीसी) बैठकले विस्तारिक बैठक हुनु एक हप्ता अघि नै सीसी डाकिसक्नुपर्ने र त्यसमा अध्यक्षले संयुक्त दस्तावेज ल्याउन पहल गर्नुपर्ने निर्णय गरेको थियो। विस्तारित बैठक आउन साता दिन बाकीँ रहँदासम्म पनि सीसी बैठक तोकिएको भने छैन।

छुट्टाछुट्टै प्रतिवेदन पेस गर्ने उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई पक्षले भने अध्यक्ष दाहालबाट आफ्ना प्रतिवेदनको ‘संश्लेषित रूप’ पेश हुनेमा शंका गरेका छन्।
पोलिट्ब्यूरो सदस्य देबेन्द्र पौडेलले विस्तारिक बैठकका लागि एउटै दस्तावेज ल्याउनेबारे टुंगो भइनसकेको बताए। ‘हेडक्वार्टर (अध्यक्ष)ले एउटै प्रस्ताव ल्याऊ” भन्नुभएको छ तर टुंगो लागेको छैन,’ उनले भने, ‘अहिलेकै स्थिति हेर्दा तीनवटै दस्तावेज जान्ोजस्तो देखिन्छ।’

संयुक्त दस्तावेज ल्याउन दाहालले अघिल्लो साता वैद्य र उनका पक्षधर मानिएका स्थायी समिति सदस्य नेत्रविक्रम चन्दसँग आन्तरिक छलफल गरेका थिए। छलफलमा दाहालले वैद्य पक्षको अधिकांश कुरा मान्न तयार रहेको र विस्तारित बैठकमा सहयोग गर्न आग्रह गरेको स्रोतको दाबी छ।

दाहाल र वैद्य पक्षधरबीच ‘गोप्य’ भेटघाट भरहेको चाल पाएपछि आइतबार पार्टीका अर्का उपाध्यक्ष भट्टराईले आफूनिकट केन्द्रीय सदस्यहरूलाई ठमेलको वैशाली होटेलमा बोलाइ भावी रणनीति तय गर्नेबारे छलफल गरेका थिए। उक्त छलफलमा स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, पोलिट्ब्यूरो सदस्यहरू देवेन्द्र पौडेल, राम कार्की, हिसिला यमि, नवराज सुवेधीलगायत चार दर्जन नेता कार्यकर्ता सहभागी थिए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s