बाटो ढुकेर पत्रकारको औँला चिरियो


कैलाली, कार्तिक ३० – कैलालीको सुख्खडबाट प्रकाशन भइरहेको घोडाघोडी साप्ताहिकका प्रकाशक पत्रकार सुशील ढुङ्गानालाई एक समूहले नियन्त्रणमा लिइ कुटपिट गर्नुका साथै हातका औँलासमेत चिरिदिएका छन् । सोमबार दिउँसो ३ बजे साढेपानी गाविसबाट समाचार सङ्कलन गरी फर्किरहेका ढुङ्गानालाई पूर्वपश्चिम राजमार्गको मोहन्याल सामुदायिक वनमा लगेर हातका औँला ब्लेडले चिर्दै ‘कलम बढी चलाउने’ भन्दै कुटपिट गरेको पत्रकार ढुङ्गानाले बताए ।

चिरिएका औँला देखाउँदै ढुङ्गानाले भने, ‘बाटो ढुकेर बसेका सातमध्ये पाँचजनाले वनभित्र लगेर हाम्रा विरुद्ध समाचार लेख्ने भन्दै कुटपिट सुरु गरे ।’ दिउँसो ३ बजे नियन्त्रणमा लिइएका ढुङ्गानालाई साँझ ६ ३० बजे मात्र मुक्त गरेका थिए । मोटरसाइकलमा रहेका उनीहरूमध्ये तीनजनाले मुखमा कालोपट्टी बाँधेका र अँध्यारोका कारण चिन्न नसकिएको उनले बताए । राति डरले आफन्तको घरमा लुकेर बसेका ढुङ्गानालाई कसैलाई भनेमा मार्ने धम्की दिएको हुनाले मङ्गलबार धनगढी पुगेर मात्र पत्रकारलाई उनले घटनाको बारेमा जानकारी दिएका थिए ।

दुवै हातका औँला ब्लेडले चिरिएको अवस्थामा रहेका ढुङ्गानाद्वारा प्रकाशित सो साप्ताहिकको आइतबारको अङ्कमा ‘तस्करी र कमिसनखोरी बढ्यो’ भन्ने शीर्षकको समाचार प्रकाशित भएको थियो । सोही समाचारको विषयलाई लिएर घटना गराइएको हुनसक्ने उनले बताए । रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s