लोडसेडिङ सातामा २८ घण्टा हुने


काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि सातामा २८ घण्टा लोडसेडिङ गर्न भएको छ । मर्मतका लागि ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्गदी जल विद्युत केन्द्र सोमबारदेखि बन्द भएपछि लोडसेडिङ हुने भएको हो । अब सातामा ६ दिन लोडसेडिङ हुने छ । पाँच दिन दैनिक ५ घण्टाका दरले र एक दिन भने ३ घण्टामात्र लोडसेडिङ हुने प्राधिकरणको लोडसेडिङ तालिकामा उल्लेख छ ।

बाँकेको कोहलपुरदेखि पश्चिमको क्षेत्र, सुनसरीको दुहवी र झापाको अनारमनी सवस्टेसनबाट आपुर्ति हुने क्षेत्रहरुमा भने प्राधिकरणले स्थानिय रुपमा लोडसेडिङ्ग तालिका सार्वजनिक गर्ने जनाइएको छ ।

हेटौडा-वीरगन्ज ६६ केभी-१ सर्किटमा हरेक दिन १२ बजेदेखि ६ बजे सम्म लोडसेडिङ्ग हुनेछ । ११ केभी औद्योगिक फिडरहरु र ३३ केभीबाट वितरण भएका उद्योगहरुमा हरेक दिन १० बजे देखि भोलिपल्ट विहान ३ बजेसम्म लोडसेडिङ्ग हुने प्राधिकरणले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s