संविधानसभा तत्काल खारेज हुनुपर्छ : कमल थापा


काठमाडौँ, कात्तिक २९– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान बनाउन नसक्ने र प्रधान मन्त्री चयन गर्न नसक्ने व्यवस्थापिका संसद तत्काल खारेज गर्नुपर्ने बताएका छन्। उनले व्यवस्थापिका-संसदले कुनै काम गर्न नसकेकाले ताजा जनमतका लागि नयाँ निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिए।

राप्रपा नेपालले आज संविधानसभाअगाडि धर्ना दिने, खबरदारी तथा विरोधसभा गर्न आयोजना गरेको कार्यक्रममा उनले भने- शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र संविधान लेखन कार्यमा ध्यान नदिइ सत्ताको खेलमा तीन राजनीतिक दल लागेका छन्, मुलुकमा कहिले पनि भोग्नु नपरेको सङ्कट अहिले भोग्नुपरिरहेको छ।

अध्यक्ष थापाले २०६२/६३ को जनआन्दोलनले मुलुकमा सुख, शान्ति र समुन्नतिको नौलो बिहानी ल्याउने आशामा बसेका नेपाली जनता अहिलेसम्म हत्या, हिंसा, आतङ्क र अपहरणको त्रासमा बाँचिरहनुपरेको छ भने।

मुलुकमा भ्रष्टाचार संस्थागत रुपमा विकास हुँदै गइरहेको, महङ्गी, लोडसेडिङ, अशान्ति, असुरक्षा र बेरोजगार बढेको तर त्यसको न्युनीकरणमा सत्तारुढ दलको ध्यान जान नसकेको आरोपसमेत लगाए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s