धावकहरुलाई खरिखोलामा स्वागत


३० कार्तिक (सोलु अनलाइन) – दोलखाको जिरीबाट शुरु भएको सोलखुुम्बु ट्रेल तेश्रो बर्ष २०१० का धावकहरु सहितको टोलीलाई हिजो जुभिङको खरिखोलामा स्वागत गरिएको छ । फ्युचर स्टार युथ क्लव खरिखोलाद्धारा आयोजना गरिएको साँगितिक साँझ सहितको स्वागत कार्यक्रममा धावक तथा सहभागी टोलीलाई स्वागत गरिएको हो । स्पोर्ट एडभेन्चर पिक ट्रेक एण्ड एक्पीडिसनको आयोजनामा भईरहेको सोलुखुम्बु ट्रेल २०१० मा ग्रिसका १, स्वीटजरल्याडका २, फ्रान्सका ४७ र नेपालका ७ जना गरी ५७ जना धावकहरु तथा २ जना डाक्टर, २ जना फोटोग्राफर २ जना मसाज गर्ने व्यक्ती र २ जना सेक्रेटरी सहभागी रहेका छन् । जिरीबाट दौड शुरु गरेको छौटौँ दिनमा खरिखोला आईपुग्दा पुरुषतर्फ संखुवासभाका धावक उत्तरकुमार राई र सोलुखुम्बु टाक्सीन्दुका याङडी शेर्पा अग्रस्थानमा हुनुहुन्छ । टोली भोली सोलुखुम्बुको फाक्दिङमा पुग्ने छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s