पौडेललाई निर्विरोध गर्ने कोइरालाको प्रस्ताव खनालद्वारा अश्विकार


काठमाडौं, मंसिर १  । नेपाली काग्रेसका सभापति सुशील कोइरालाले आफनो पार्टीका प्रधानमन्त्रीका उम्मेदार रामचन्द्र पौडेललाई निर्विरोध निर्वाचितका लागि सहयोग गर्न गरेको आग्रहलाई एमाले अध्यक्ष झलनाथ खनालले अस्वीकार गरेका छन्। मंगलबार अपरान्ह भएको भेटघाटमा नेता खनालले उम्मेदवारी फिर्ता गरेर नयाँ प्रक्रियामा जानुपर्ने वताउदै खनालले कोइरालाको प्रस्ताव अस्वीकार गरेका हुन् ।

काग्रेस नेता कोइरालाले आफनो आग्रहलाई खनालले अस्वीकार गरेको बताए। ‘प्रधानमन्त्रीका लागि काग्रेस उम्मेदवारलाई समर्थन गर्न आग्रह गरे। उहाँले भने उम्मेदारी फिर्ता गरेर नयाँ प्रक्रियामा जानुपर्छ भन्ने पुरानै कुरा राख्नुभयो’, कांग्रेस नेता कोइरालाले भने। खनालले ब्यवस्थापिका-संसद्को नियमावली संशोधन गरेर अघि बढनुपर्ने बताएका थिए।

कोइरालाको प्रस्तावलाई अस्वीकार गरेको केही घण्टापछि नै एमाले, एकीकृत माओवादी सहित ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने ८ दलले नियमावली संशोधन गरी प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिया सुरु गर्न संसद सचिवालयमा संयुक्त प्रस्ताव पेश गरे।

खनालसँगको भेटघाटमा कोइरालाले सर्वोच्च अदालतको फैसलाको आसय निर्विरोध निर्वाचित गर्ने भएको जिकीर गरेका थिए। त्यसैले पनि आफनो पार्टीको उम्मेदवार पौडेललाई निर्वाचित गराउन सहयोगको गर्नुपर्ने उनको भनाई थियो। कोइरालाले आफनो पार्टीको केन्द्रीय समिति र संसदीय दलले समेत निर्विरोध निर्वाचित गराउनुपर्ने निर्णय गरेको स्मरण गराएका थिए।

एमाले नेता खनालले भने सर्वोच्चको फैसलाको आसय नयाँ प्रक्रियामा जाने भएको जिकीर गरेका थिए। साथै उनले आफनो पार्टीको स्थायी कमिटी वैठकले नियमावली संशोधन गरी नयाँ प्रक्रियामा जाने निर्णय गरिसकेको बताउदै काग्रेस प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका हुन्। नेता खनालले भने सहमतिवाट जानुपर्ने प्रस्ताव राखेको बताए। ‘सहमतिवाट गए मात्रै शान्ति र संविधानको ग्यारेण्टी गर्न सकिन्छ भन्ने मेरो भनाई रह्यो’, खनालले भने, ‘उहाँले छलफल गरौला भन्नुभएको छ।’

Source: Nagariknews

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s