‘एमाले नेता थापामगरको हत्या माओवादीबाटै’


काठमाडौं, मंसिर २ – एमाले नेता शिव थापामगरको हत्यासम्बन्धी स्थलगत प्रतिवेदन मानवअधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाले बिहीबार राजधानीमा सार्वजनिक गरेका छन् । धादिङ्घ दार्खा गाविस-१ निवासी थापामगरको यही कात्तिक १ गते माओवादीका कार्यकर्ताद्वारा हत्या भएको आरोप लागेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार घटनास्थल अध्ययन, परिवारका सदस्य, देख्नेसुन्ने छिमेकी, स्थानीय प्रशासन तथा राजनीतिक दलहरुको भनाइ र अध्ययनका क्रममा प्राप्त तथ्य विश्लेषण गर्दा निजको हत्या गर्नुपर्ने राजनीतिक कारण बाहेक अन्य कुनै कारण रहेको देखिदैन ।

घटनापछि क्षेत्र नं १ का इन्चार्ज समेत रहेका माओवादीका टेकबहादुर तामाङ र गाउँ कमिटी सदस्य राजेन्द्र विश्वकर्मालाई माओवादीले पार्टीको सबै तहको जिम्मेवारीबाट निष्कासन गरेबाट प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गर्न थप मद्दत मिलेको प्रतिवेदनमा उल्लेख छ ।

हत्यामा संलग्न भनिएका आरोपितहरु टेकबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, आसबहादुर तामाङ, फत्तबहादुर तामाङ, टीकाराम तामाङ, रामशरण थापामगर, राजेन्द्र विश्वकर्मा, हिरा तामाङ घटनापछि फरार रहेका छन् । आरोपित सबै स्थानीय एमाओवादी कार्यकर्ता हुन् ।

सो स्थलगत प्रतिवेदन मानवअधिकार तथा सामाजिक रुपान्तरणको अभियान, एड्भोकेसी फोरम, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च, महिला मानवअधिकार सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा सञ्चारकर्मीको टोलीले अध्ययन गरेको थियो । रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s