डिभोर्स हल्ला मात्रै : मनीषा


काठमाडौं, मंसिर २ – माइती बस्न थालेपछि अभिनेत्री मनिषा कोइरालाको वैवाहिक सम्वन्धलाई लिएर विभिन्न चर्चा चलिरहेको बेला उनले त्यसलाई ‘अनावश्यक हल्ला’ बताएकी छिन्। ‘मलाई चिसोको समस्या भएकाले बाँसबारीस्थित माइतीमा केहि समय बस्न आएकी हुँ,’ बुधबार एक कार्यक्रममा उपस्थित उनले नागरिकको जिज्ञासालाई स्पष्ट पार्दै भनिन्, ‘अहिले पनि कहिलेकाँहि उता (श्रीमान्ले भाडामा लिएको घर) जाने गरेकी छु।’

मनिषाका अनुसार बुढानिलकण्ठको उक्त घर लोकेसन र सुविधाको हिसाबले राम्रो भए पनि जाडो महिनामा अलिक चिसो हुनेगर्छ। हनिमुनदेखि उनीहरुको जोडी यसै घरमा बस्दै आएको थियो। जन्मथलो विराटनगर र कर्मथलो मुम्बई रहेकाले चिसोमा बस्ने बानी नभएको र केही दिनअघि बिरामीसमेत परेको उनको भनाइ थियो।

‘यसैबीच सम्राट पनि प्रोजेक्ट म्यानेजमेन्टको गोष्ठीमा भाग लिन टर्की गएपछि माइती गएर बसेकी हुँ,’ उनले भनिन्, ‘एक्लो महशुस भएपछि यता आएकोमा चिसोको कारण पनि तत्कालन नफर्किएकी हुँ।’

श्रीमान् भाइटिकाका दिन काठमाडौं फर्किएपछि कहिले यता कहिले उता बस्दै आएको बताउने उनले विवाहित चेलीले मनलागेको बेला माइतीमा बस्न सक्ने दाबी पनि गरिन्।
माइती बसाई सरेका बेला थुप्रै सरसामान लिएर हिँडेका कारण उनीहरुको सम्वन्धलाई लिएर विभिन्न टिका टिप्पणी चलेको थियो।

‘हामी बीचको सम्वन्ध अझ राम्रो हुँदै गइरहेको छ,’ मनिषाले स्पष्ट पारिन्, ‘मैले गर्न चाहेको काममा सम्राटबाट सहयोग र सल्लाहसमेत पाउदै आएकी छु।’

Source: Nagariknews

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s