देशभरिका ८ जना सञ्चारकर्मी पुरस्कृत, सोलुखुम्बुबाट श्रेष्ठ


मंसिर,३ काठमाडौं(सोलुअनलाईन)। खानेपानी तथा सरसफाइ साझेदारी परिषद्को नेपाल शाखा (नेपाल वास समुह) बाट  वास राष्ट्रिय सञ्चार पुरस्कार २०६७ वाट देशभरिका ८ जना सञ्चारकर्मी आज पुरस्कृत भएकाछन् । चर्पी दिवसको सन्दर्भ पारेर खानेपानी तथा सरसफाइ साझेदारी परिषद WSSCC को नेपाल शाखा र नेपाल पत्रकार महासंघद्धारा संयुक्त रुपमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाले नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको हो ।

पुरस्कृत हुनेहरुमा पुर्वाञ्चलवाट इन्दिरा भट्टराई(गोरखापत्र), मध्यमाञ्चलवाट सुरेश यादव(नागरिक),पश्चिमाञ्चलवाट दीपक ज्ञवाली(राजाधानी), मध्यपश्चिमाञ्चलवाट ठाकुरसिंह थारु(नयाँ पत्रिका), सुदुरपश्चिमाञ्चलवाट बाबुराम श्रेष्ठ(अन्नपूर्ण पोष्ट) र काठमाण्डौवाट सुरज कुँवर(कान्तिपुर ) पुरस्कृत हुनुभएको हो । यसैगरी मनोज श्रेष्ठ(सोलु एफ.एम) र अञ्जली रम्तेल(रासस)लाई भने प्रोत्सहान स्वरुप वास(Wash) राष्ट्रिय सचार पुरस्कार प्रदान गरिएको छ । यस्तै फेलोसिप पत्रकारहरु निलिमा सुब्बा र प्रमोदकुमार टण्डनलाई भने कदर पत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाले प्रत्येक विजयीलाई नगद ७ हजार ५ सय र प्रोत्सहानलाई ३ सय ५० सहित प्रमाणपत्र प्रदान गरे। सभापति झाले सञ्चारकर्मीहरुले समुदायको विकासका लागि सधैं अग्रसर भएर कलम चलाउनु पर्नेमा जोड दिनुभयो । झाले राजनीतिक र आपराधिक समाचारहरु मात्रै नभएर सरसफाई, स्वास्थ्य, खानेपानी लगायतमा पनि कलम चलाउन सके नागरिकको जीवनस्तरमा सुधार आउने समेत विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका सचिव रामजी दहालले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल प्रेस इन्स्ट्च्यिूटका निर्देशक चिरञ्जीवी खनाल, खानेपानी तथा सरसफाई साझेदारी परिषद नेपालका राष्ट्रिय संयोजक उमेश पाण्डे, खानेपानी तथा ढल निकास विभागका सिनियर डिभिजन इन्जिनियर ठाकुर पण्डितले सरसफाई तथा स्वास्थ्यका बिषयमा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s