पर्वतीय प्रशिक्षण प्रतिष्ठान गार्माको भवन शिलान्यास


मंसिर-४,भोजेन्द्र बस्नेत (सोलु अनलाइन) । पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव किसोर थापाले सोलुखुम्बु गार्मामा स्थापना हुन लागेको अन्तराष्ट्रिय प्रशिक्षण प्रतिष्ठान केन्द्रबाट स्थानीयबासीले मनग्गे फाईदा लिने बताउनु भएको छ । सोलुखुम्बुको गार्मामा पर्बतीय प्रशिक्षण प्रतिष्ठान केन्द्रको भवन हिजो शिलान्यास गर्नुहुँदै सचिव थापाले कुनै पनि ठाउँमा सञ्चालन हुने काममा त्यहाँका बासिन्दाको पहिलो हक लाग्ने भन्दै यस तर्फ आफुहरु सचेत रहेको बताउनु भयो।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिष्ठानका कार्यकारी निर्देशक ल्हाक्पा पुटी शेर्पाले भवन सिल्यान्यास गर्द खुशी लागेको बताउनुहुँदै प्रक्रियामा रहेर काम गर्दा असजिलो भएपनि सकेसम्म चाँडो काम गर्ने बताउनु भयो । कार्यक्रममा पूर्व मन्त्रि बलबहादुर केसीले पर्यटन बर्ष सन् २०११ मा नेपाल सरकारले सोलुखुम्बुको फाप्लु बिमानस्थललाई कालोपत्रे गर्नुपर्ने र बाम्तीभण्डार हुदै सल्लेरी सम्म सडक यातायात जोडिनु पर्ने बताउनु भयो ।

पर्यटन व्यवसाय सुधारका लागि यि दुई काम महत्वपुर्ण हुने भन्दै पूर्व पर्यटन मन्त्रि समेत बनिसक्नु भएका केसीले पत्ताले डाँडामा पर्यटन प्रबद्र्धनका लागी ध्यान दिन पर्यटन तथा नागरिक उड््यन मन्त्रालयका सचिव किसोर थापासँग आग्रह गर्नुभयो । भवन शिलान्यास कार्यक्रममा पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव लगाएत अन्य प्रतिनिधिहरुको साथमा प्रमुख जिल्ला अधिकारी, स्थानीय बिकास अधिकारी, जिल्ला स्थित बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने सबै सहभागीहरुले सहभागीहरुले सोलुखुम्बुको पर्यटन ब्यबसायमा मात्र नभई नेपालकै लागि यो केन्द्र महत्वपुर्ण सावित हुने बताएका थिए । २०५९ सालमा काम शुरु भएको यस प्रतिष्ठान सोलुखुम्बु गार्माको वडा नम्बर १, ६ र ७ मा फैलिएको छ । १ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको यो प्रतिष्ठान समुन्द्रि सतहबाट २२ सय मिटरको उचाईमा पर्छ । यसको भौतिक बिकासको लागि १ दशमलव ५ मिलिएन डलर अनुमानीत खर्च लागने महत्वकाँक्षी गुरुयोजना सरकारी तहबाट पारित भईसकेको छ ।

पहिलो चरणमा कुल १३ करोडको गुरुयोजना निर्माण भएको छ । जसमध्ये यो बर्ष २ करोड ७८ लाख लगानी हुने जनाइएको छ । गुरुयोजना अनुसार यस क्षेत्रमा बिभिन्न ३ चरणमा गरी ४३ वटा भवन निर्माण गरिने योजना रहेको छ । यस केन्द्रबाट आधारभुत पर्बतारोहण तालिम, आउटडोर यति एण्ड क्लाईम्बीङ तालिम, एड्भान्स पर्बतारोहण तालिम, साहसीक पर्बतारोहण तालिम, पर्बतारोहण प्रशिक्षण तालिम, कुकिङ तालिम ग्राजुएट एण्ड माउन्टेनिएरिङ तालिम लगाएतका तालिम दिने लक्ष्य राखेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s