प्राविधिक कारणबाट अग्नी एयरको विमान दुर्घटना


काठमाडौँ, मङ्सिर ५ । अग्नि एयरको विमान दुर्घटना सम्बन्धमा गठित दुर्घटना जाँच आयोगले गत भदौ ८ गते मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त अग्नि एयरको विमान प्राविधिक गडबडीका कारण भएको जनाएको छ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरत्सिंह भण्डारी समक्ष आज प्रतिवेदन बुझाउँदै आयोगले विमान दुर्घटनाको प्रमुख कारण विमानको दुवै जेनेरेटर बिग्रिएर काम गर्न छाड्नु र एयर ट्राफिक कन्ट्रोलसँगको सम्बन्ध विच्छेद हुनु रहेको औंल्याएको छ।

भदौ ८ गते काठमाडौँबाट लुक्लाका लागि उडेको अग्निको ९ एन डोर्नियर विमान प्रतिकूल मौसमका कारण लुक्लामा अवतरण गर्न नसकेपछि फर्कने क्रममा मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा दुर्घटना भएको थियो। सो दुर्घटनामा चालकदलका तीन सदस्यसहित १४ जना यात्रुको मृत्यु भएको थियो। प्रतिवेदनले विमानसेवा सुरक्षाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र अग्नि एयरलाई सुझाव पनि दिएको छ।

कसैलाई दुर्घटनाको दोष लगाउन नभइ भविष्यमा यस्ता दुर्घटना नदोहोरियोस् र हवाइसेवालाई अझ सुदृढ र सुरक्षित बनाउन सकिन्छ भन्ने उद्देश्यले नै आयोगले प्रतिवेदन दिएको बताएको छ। कुनै पनि विमान दुर्घटना भएपछि त्यसको कारण पत्ता लगाउन छानबिन गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रही आएको छ।

प्रतिवेदन ग्रहण गर्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री भण्डारीले फेरि यस्ता दुर्घटनाको पुनरावृत्ति नहोस् र हवाइसेवालाई अझ सुरक्षित बनाउन जाँच आयोगका सुझावलाई इमान्दारीका साथ कार्यान्वयन गरिने बताए। उनले नेपालमा पहिले भएका दुर्घटनाका कारण बारेमा आएका प्रतिवेदनको कार्यान्वयन गर्नका लागि एक समिति गठन गरिएको उल्लेख गरे। हवाइसेवा नियमित, भरपर्दो र सुरक्षित भएका देशमा पर्यटन विकास हुने धारणा मन्त्री भण्डारीले राखे। – रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s