लडाकु लगाएर संसदमा आक्रमणः ओली


काठमाडौं, मंसिर ५ । एमाले स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले ब्यवस्थापिका संसदमा माओवादीले देखाएको ब्यवहारले लोकतन्त्रको भविष्य र कानुनी राज्यको सम्बन्धमा प्रश्न उठाएको बताएका छन्।  उनले माओवादी उपाध्यक्षको नेतृत्वमा एक हुल युवालाई संसदबाहिर लगी धार लगाएर ल्याइएको र तिनैलाई आक्रमण गर्न लगाइएको आरोप लगाए।

‘एक/दुई वटा उच्छृङखल सांसदले मात्रै आक्रमण गरेका होइनन्, उनीहरुलाई त्यस्तो गर्न नेतृत्वले नै लगाएको हो’, उनले भने, ‘त्यसैअनुसार लडाकुहरुलाई अघि लगेर राखियो।’ शुक्रवारको ब्यवस्थापिका संसदको वैठकमा माओवादी सभासदहरु चन्द्र वाहादुर थापा, सुर्यमान दोङ लगायतका युवा सांसदहरु वरिष्ठ नेताहरुसँगै अगाडी वसेका थिए। तिनै सासंदहरु अर्थमन्त्रीको वि्रफकेस खोस्दै आक्रमणमा उत्रिएका थिए। ‘अर्थमन्त्रीको वजेट वि्रफकेसमा पैसा छ भनेर लुटेका रहेछन्, पछि तोडफोड गर्दा कागज मात्रै भेटेपछि त्यतिकै छाडिदिएका हुन्’, ओलीले ठटयौली शैलीमा भने।

माओवादीले एकातिर सेना समायोजन भन्ने अर्कोतिर पार्टीको आन्तरिक वैठकमा लडाकुलाई सहभागी गराएर गल्ती गरेको पनि ओलीले बताए। ‘एकातिर माओवादी आफना लडाकुलाई राष्ट्रिय सेनामा लैजाने भन्छन् अर्कोतिर राष्ट्रिय सेनालाई कसरी कमजोर पार्ने भनी रणनीति तयार पार्न बसेको बैठकमा तिनै लडाकुलाई सहभागी गराउदैछन्। यो युक्तिसंगत छैन’, उनले भने। माओवादीले लडाकुहरुलाई विस्तारित वैठकमा सहभागी गराएसुचीवाट त्यस्ता लडाकुको नाम हटाई राशनपानी बन्द गर्न पनि उनले सरकारसँग माग गरे।

शिविरमा १९ हजार लडाकु भने पनि १०/११ हजारको मात्रै उपस्थिती रहेको दावी गर्दै उनले भने, ‘यो स्थितीमा तीमध्ये पनि अधिकांश लडाकुलाई वैठकमा लैजान खोजेका छन्। ती पछि फेरी लडाकु बन्न सक्दैनन्। स्वेच्छिक अवकाश भनेको त्यही हो।’ उनले यस्ता लडाकुहरु राजनीतिक प्रक्रियामा आएकाले उनीहरुको पुर्नस्थापना र समायोजन गर्न आवश्यक नभएको पनि बताए। ‘केटाकेटी केही गर्न नसकेपछि रुन्छन्। उनीहरुको वल रुनुमा हुन्छ। त्यस्तै माओवादीको बल चाहिं लडाकुमा छ। त्यसैले उनीहरु लडाकु लैजान चाहन्छन्’, ओलीको टिप्पणी छ।

ओलीले लोकतान्त्रिक परिपाटीभित्र पनि एमाले र काग्रेस लतारिएको र माओवादीले लतारिरहेको बताए। ‘माओवादीको प्रभुत्वको नाममा काग्रेस-एमाले लाचार भएर हिडदा गनतब्यमा पुग्न सकिदैन’, ओलीले भने, ‘यसको सामना गर्न सकियो भने मात्रै सही ठाउँमा पुग्न सकिन्छ।’ उनले माओवादीले सबैभन्दा ठुलो दलको धाक धक्कु लगाउने हैसियत गत जेठ १४ देखी नै समाप्त भएको जिकीर पनि गरे।

उनले माओवादीको विस्तारित वैठकलाई ‘कुम्भ मेला’को संज्ञा दिए। ‘यहाँको सिंहदरवार घेरेर पार लागेन भन्दै पुरानो (गोर्खा ) दरवार घेर्न गएका छन्। यो तर्साउने रणनीति मात्रै हो’, उनले ब्यग्यात्मक शैलीमा भने। उनले माओवादीलाई क्रान्तिकारी नभई यथास्थितीवादी शक्ति भएको बताए। ‘संसदमा कुटपिट, गुण्डागर्दी र आतंक मच्चाउने शक्ति कसरी क्रान्तिकारी हुन सक्छ? वहुमतको सरकारलाई राजिनामा दिन लगाएर सरकार बन्न नदिने माओवादी कसरी क्रान्तिकारी हुन्छ?’ उनले प्रश्न गरे।

ओलीले माओवादी शान्ति प्रक्रियामा सामेल नै नभएको टिप्पणी गरे। ‘माओवादी शान्ति प्रक्रियमा सामेल भएको होइन, उपयोग गरेको छ। सबै मञ्चलाई कब्जाको लागि प्रयोग गर्ने रणनीतिमा छ’, उनले भने। उनले शान्ति प्रक्रिया र संविधान निर्माणमा खासै प्रगति नभएको दावी गरे।

उनले युवासंघलाई पार्टीको जुझारु संगठन भएको बताउदै संघर्षमा उत्रन आह्ान गरे। ‘युवा संघ भनेको एमालेको झुम्का, वुलाकी, लिपिष्टक, पाउडर होइन। वर्गीय संगठन हो। त्यसैले पनि यो जिउँदो जाग्दो हुनुपर्छ’, उनले भने। युवा संघका अध्यक्ष महेश वस्नेतले पनि विस्तारित वैठकमा जाने लडाकुको सेवा सुविधा कटौती गर्नुपर्ने अन्यथा आन्दोलन गर्ने चेतावनी दिएका थिए।

यसैवीच राजधानीमा आयोजित अर्का एक कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले व्यवस्थापिका-संसद भित्र अर्थमन्त्रीविरुद्ध भएको आक्रमणको घटनालाई अत्यन्तै निन्दनीय र दुभार्ग्यपुर्ण भएको बताएका छन्। उनले यस्ता घटना अविलम्ब बन्द गर्न माआवादीलाई आग्रह गरेका छन्। ‘आफुलाई मन नपरेको कुरा राख्ने एउटा विधी र प्रक्रिया हुन्छ, सदन लडन्त र भिडन्त गर्ने स्थान होइन’, उनले भने।

संसद आक्रमण इतिहासकै कालो दिन-मन्त्री पोखरेल

सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले एकीकृत माओवादी सभासदले संसदमा गरेको आक्रमण नेपालको लोकतान्त्रिक इतिहासकै दुःखद् घटना भएको बताएका छन्। साथै उनले घटना योजनावद्ध र नियोजित भएको पनि बताएका छन्।

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सञ्चारमन्त्री पोखरेलले संसदभित्रै मन्त्रीलाई हातपात गर्ने, तोडफोड गर्ने र बजेटजस्तो गोप्य पुस्तिका च्यात्ने गम्भीर अपराध गरेकाले माओवादीले जनतासमक्ष सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने बताए। ‘संसदीय प्रणालीमा यस्तो घटना हुँदा सांसदलाई निलम्बन गरिन्छ’, उनले भने, ‘हिजोको घटनामा संलग्न व्यक्तिहरूलाई पनि व्यवस्थापिका-संसदले कारबाही गर्छ भन्ने कुरामा सरकार विश्वस्त छ।’

माओवादीकै सहमतिमा बजेट ल्याउन लागिएको र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिपक्षीबाट मर्यादित रूपमा विरोध गर्छौ भनेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘माओवादीको विस्तारित बैठकमा कार्यकर्ताको आक्रोश रोक्न र बजेटका लागि सहमति जनाउने उपाध्यक्ष बाबुराम भट्टराईलाई नैतिकरूपमा तल पार्न यस्तो घटना घटाएको हुन सक्छ।’ देश र जनतालाई आर्थिक सङ्कटबाट बचाउन अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने सरकारको बाध्यता रहेको पनि उनले बताए।

मन्त्री पोखरेलले माओवादी लडाकूले राज्यको तलब खाइसकेपछि राजनीतिक क्रियाकलापमा सहभागी हुन नपाउने पनि बताए। ‘लडाकू राजनीतिक बैठकमा सहभागी हुनु शान्ति सम्झौताको ठाडो उल्लङ्घन हो’, उनले भने।

Source: Nagarik

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s