आर्युबेदीक औषधालयमा कबिराज नहुँदा सेवा ग्राही मारमा


मंसिर-६, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको तिंलामा रहेको आर्युबेदीक औषधालयमा कबिराज नहुँदा बिरामीहरु अलपत्र परेका छन् । आर्युबेदिक औषधिको प्रयोग गर्दै आएका ईलाका नम्बर ७ का अधिंकाश सर्वसाधारणहरु औषधालयमा कबिराज नहुँदा अलपत्र परेका हुन् ।

सो औषधालयका कबिराज बिजय ठाकुर दशैं अघि नै बिदामा घर गएपछि हालसम्म नफर्किएको कार्यालय सहायक चोकबहादुर कार्कीले बताउनुभयो । कार्यालय सहायक कार्कीले हाल कार्यालय खोल्ने काम गरे पनि रोग र औषधि सम्बन्धि आफुलाई कुनै जानकारी नभएको बताउनुभयो । त्यस्तै औषधालयमा उपचारका लागि पुग्नु भएका नेचा बेतघारी ३ का सुरेशबाबु जम्मरकटेल पनि सम्बन्धित रोगको उपाचार गर्ने कबिराज नभेटिएपछि निराश भएर फर्कनुभयो ।

तिंला ४ का जितबहादुर कार्की पनि बारम्बार उपचारका लागि जाँदा खालि हात फर्कनु परेको गुनासो गर्नुहुन्छ । सो औषधालय २०५५ सालमा स्थापना स्थापना भएको हो । त्यहाँ दैनिक २० जनाको हारहारीमा बिरामी जाँचका लागि पुग्ने गरेको अभिलेख रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s