जाँड खाएका शिक्षकले अभिभावक कुटेपछि विद्यालय बन्द


मकवानपुर, मंसिर ६ । प्रधानाध्यापक र शिक्षकले पटकपटक अभिभावकलाई कुटपिट गरी तनाब सिर्जना गरेपछि मकवानपुरको राक्सिराङ–४ स्थित कालिका निम्नमाध्यमिक विद्यालय बन्द भएको छ । प्रधानाध्यापक सुजनकुमार मुक्तान र शिक्षक डिल्लीप्रसाद स्याङ्तानले गाउँलेहरूलाई मादकपदार्थ सेवन गरी मरणासन्न हुने गरी कुटेपछि विद्यालय बन्द भएको हो ।

तिहारपछि विद्यालय नखुलेको स्थानीय बासिन्दाले बताएका छन् । आफैमाथि जाइलाग्ने शिक्षकसँग डराएर अभिभावकले विद्यार्थीलाई विद्यालय नपठाएपछि विद्यालय बन्द भएको थियो । शिक्षकहरूको लापर्वाही हट्नुपर्ने र विद्यालयमा शान्तपूर्ण पढ्न पाउने माग गर्दै केही विद्यार्थीले विद्यालयमा ताला समेत लगाइदिएको स्थानीय बासिन्दाले बताए । विद्यालय बन्द भएपछि विद्यार्थीहरू गोठालो गएर दिन बिताउने गरेका छन् भने विद्यालयका कक्षाकोठा तास खेल्ने अखडा बनेको बताइएको छ ।

विद्यालय खुलाउनेतर्फ विद्यालय व्यवस्थापन समिति तथा शिक्षा कार्यालयले कुनै पहल नगरेको भन्दै राक्सिराङका स्थानीय बासिन्दाले बालबालिकाको भविष्यमाथि खेलवाड भइरहेको आरोप लगाउँदै शान्तिपूर्ण वातावरणमा विद्यालय सञ्चालन हुनुपर्ने माग गरेका छन् । प्रधानाध्यापक र शिक्षकको कुटपिटपछि घाइते भएकालाई उपचारका क्रममा गाउँ फर्काइए पनि त्रासका कारण प्रहरीमा उजुरी हाल्न नआएको बताइएको छ । रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s