नेपाल रेडक्रस सोसाईटीको उपशाखा नेचाबेतघारीमा


मंसिर-६, सोलुखुम्बु । छविलाल बास्तोलाको सभापतित्वमा नेपाल रेडक्रस सोसाईटी उपशाखा नेचाबेतघारीको नयाँ कार्यसमिती बिस्तार गरिएको छ । मंसिर ४ गते सम्पन्न उपशाखा सभाले बास्तोलाको सभापतित्वमा ९ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको हाम्रा प्रतिनिधि जगन्नाथ बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिनिधि बास्तोलाका अनुसार उपशाखा सभामा भावि नीति तथा कार्यक्रमका साथमा आर्थिक प्रतिबेदन सार्वजनिक गरिएको छ । उपशाखाका सभापती बीरबहादुर भण्डारीले नीति तथा कार्यक्रमका साथमा आर्थिक प्रतिबेदन सार्वजनिक गर्नुभएको हो । सार्वजनिक प्रतिबेदन अनुसार उक्त उपशाखाको बजेट ७४ हजार ४ सय ५३ रुपैयाँको रहेको छ ।

नेचाबेतघारी २ स्थित सिएमसी भवनमा सम्पन्न उपशाखा सभा नेपाल रेडक्रस सोसाईटी उपशाखा नेचा बेतघारीका सभापती बीर बहादुर भण्डारीको अध्यक्षता र जिल्ला शाखा सभापती रामकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उपशाखा सभामा नयाँ कार्यसमितीका सभापती छबिलाल बास्तोलाले उपशाखालाई अझ शसक्त रुपमा अघि बढाउन प्रयास गर्ने बताउनु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s