नेलेमा खुकुरी प्रहारबाट भुपेन्द्र खड्का घाईते


मंसिर-६, सोलुखुम्बु । नेले ६, सोलुखुम्बुका मानकाजी श्रेष्ठले नेले  ३ का भुपेन्द्रबहादुर खड्का माथि खुकुरी प्रहार गरेका छन् । आज दिउँसो मादक पदार्थ सेवन गरेको अवस्थामा दुईजनाबिच बिबादका क्रममा यस्तो घटना घटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । खुकुरी प्रहारबाट खड्काको बायाँ हातमा चोट लागेको छ ।

आज दिउँसो नेले प्रहरी चौकीबाट सातनाङ्गे तर्फ गएको प्रहरी टोलिले खड्कालाई घाईते अवस्थामा भेटि उपचारका लागि नेले उपस्वास्थ्य चौकि पु-याईएको छ । घाईते खड्काको अवस्था अहिले सामान्य रहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाका बारेमा बिस्तृत जानकारी आईनसकेको भन्दै प्रहरीले घटनाको छानबिन शुरु गरेको जनाएको छ । खुकुरी प्रहार गर्ने मानकाजी श्रेष्ठ भने अहिले फरार रहेका छन् ।

Advertisements

One thought on “नेलेमा खुकुरी प्रहारबाट भुपेन्द्र खड्का घाईते

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s