कुवेतमा एक नेपाली महिला सडक दुर्घटनामा, अवश्था चिन्ताजनक


सुजन के.सी./कुवेत। विगत पन्ध्र महिना देखि कुवेतमा कार्यरत नेपाली महिला २१ नोभेम्बर आईतबारका दिन सडक दुर्घटनामा परेकी छिन् । आईतबार बिहान ६ बजेतिर काममा जान हिंडेको बेला कुवेतको अबुहलिफास्थितसडक दुर्घटनामा परेकी नयाँ नेपाल क्लब कुवेतका कोषाध्यक्ष नबराज पराजुलीले बताए ।

उनि कुवेतमा गैरकानुनी रुपमा काम गर्दै आएको र अचानक पुलिसलाई देखि भाग्ने क्रममा पानी बोक्ने ट्याङ्कर मुनि किचिन पुगेको श्रोतले जनाएको छ । दुर्घटनामा दुबै खुट्टा किचिनु साथै हातमा पनि चोट लागेको समाज सेवी नबराज पराजुलीले बताए । उनको अदान हस्पीटलको ICU मा उपचार भई रहेको छ । हाल उनको स्थिती चिन्ताजनक रहेको छ ।

उक्त दु:खद घटना थाहा पाउन साथ अदान हस्पीटल पुग्नु भएका एन.आर.एन. ए. अध्यक्ष राजेन्द्र तामाङ् ICU मा उपचार चलि रहेकोले पीडितलाई प्रतक्ष्य भेटन सक्नु भएको थिएन । तर वहाँले घटना बारे पुरा जानकारी लिनु भएको थियो । उपचार राम्रो भएको छ । हस्पीटलमा कुनै कमी कमजोरी छैन । तर अवैधानिक बसोवास भएकोले समस्या देखिएको छ । मैले नेपाली दूताबासलाई पनि पत्राचार गरी जानकारी गराएको छु । हामी सबै मिलेर उपचार गराउने र उपचार पश्चात नेपालमा निजको परिवारसम्म पुर्याउने बातावरण मिलाउनु पर्छ भन्नु भयो ।

नुवाकोटको तिर्शुली घर भएकी १९ बर्षिया सिसी तामाङ १५ महिना पहिला घरेलु कामदारको रुपमा कुवेत आएकि रहिछन । तर केही महिना पहिला साहुको घर छोडी बहिर काम गर्दै आएको श्रोतले जनाएको छ । कानूनी प्रकृया बिना साहुको घरछोडेकोले उनि अवैधानिक बनेकी थाहा भएको छ ।

Source: Sujan KC/Nepalkuwait.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s