सोलुखुम्बु ट्रेल भोली सकिने, राई अगाडी


८ मंसिर (सोलु अनलाइन) – तेश्रो सोलुखुम्बु ट्रेल २०१० दौड प्रतियोगितामा संखुवासभाका उत्तर कुमार राई अग्र स्थानमा रहनुभएको छ । स्पोटर््स एडभेन्चर पीक ट्रेक एण्ड एक्सपिडिसनको आयोजनामा दोलखाको जिरीवाट नेभेम्बर ११ मा शुरु भएको सो दौडमा टाक्सिन्धु ७ सोलुखुम्बुका दावा शेर्पा दोश्रो तथा ग्रीसका नागरिक निकोल तेश्रो स्थानमा रहनुभएको छ ।
३ सय किलोमिटरको १३ दिने दौडमा नेपालका ७, फ्रान्सका ४७, ग्रीसका १ र स्वीट्जरल्याण्डका २ जना गरी ५७ धावकहरु सहभागी छन् । दौडमा ३ नेपाली महिला र २ जना बिदेशी महिलाहरु सहभागी भएको एक्सपिडिसनका दोर्जी शेर्पाले जानकारी दिनुभयो ।
नेपाली आयोजक दोर्जी शेर्पा र फ्रान्सका आयोजक दावा छिरी शेर्पाले सो दौड प्रतियोगीताको आयोजना गर्नुभएको हो । कुल ४० हजार युरो लगानीको यस दौडको बिजेता, उपबिजेता र तेश्रो स्थान हात पार्ने खेलाडीले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैंया प्राप्त गर्नेछन् । दौडमा प्रतियोगीहरुका साथमा २ जना डाक्टर, २ जना मसाज गर्ने, २ जना फ्रान्सका सञ्चारकर्मी र सेक्रेटरी १ जना गरी ७ जना अन्य बिदेशी पनि सहभागी रहेका छन् ।
दौड सोलुखुम्बुको जुनबेसी, शस्रबेनी, थामे, लबुचे, फेरुचेबाट भोली लुक्ला आइपुग्दा सम्पन्न हुने छ । धावकहरु भोली विहान साढे ५ बजे फेरुचेबाट लुक्लाका लागी दौडिने छन । टोलीलाई लुक्लस्थित हिमालय लज तथा तारा लजले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s