बुद्ध सर्किटमा सहयोग गर्न चीनसँग अनुरोध गर्ने


सुरेन्द्र पौडेल, काठमाडौं, मंसिर १० -तीन जिल्ला जोड्ने बुद्ध सर्किट निर्माणका लागि आवश्यक सहयोग गर्न सरकारले चीनसँग आग्रह गर्ने भएको छ। चीनका संस्कृति मन्त्री काई वुको मंसिर १९ गतेबाट हुने नेपाल भ्रमणका बेला उक्त प्रस्ताव राखिने तयारी सरकारले गरेको हो। नवलपरासी, रुपन्देही र कपिलवस्तुमा रहेका बुद्धसँग सम्बन्धीत सम्पूर्ण गुम्बा तथा स्मारकलाई एउटै रोडले जोड्ने गरी बनाउन खोजिएको ‘बुद्ध सर्किट’ प्रति चिनिया पक्षले पनि चासो दिएको भनाई संस्कृती मन्त्रालय स्रोतको छ। ‘बुद्ध सर्किटमा सघाउन र पर्यटन वर्ष २०११ मा चीनीया पर्यटक नेपाल पठाउन चीनसँग हामी औपचारिक अनुरोध गर्दैछौं,’ संस्कृती मन्त्रालय स्रोतले भन्यो, ‘पूर्वाधार विकासमा चीनले चासो दिएका कारण बुद्ध सर्किटमा लगानी गर्न अनुरोध गर्न खोजिएको हो।’ संस्कृती मन्त्रालये भारतको बुद्ध सर्किटसँग नेपालको बुद्ध सर्किट जोडेर ‘ग्रेटर बुद्ध सर्किट’ नाम दिने सोच बनाएको छ। सर्किटलाई गौतम बुद्ध जन्मेको स्थानबाट सुरूगरी त्यही अन्तगर्ने योजना संस्कृती मन्त्रालयको छ। स्रोतले भन्यो, ‘सर्किट बनाउन सके धार्मिक पर्यटक मात्र होइन, अन्य पर्यटक पनि बढाउन सकिन्छ।’ बुद्ध सर्किट निर्माणले आन्तरिक विकास हुँनुका साथै भारतसँग पनि सडकको पहुँच बढ्ने भनाई संस्कृती मन्त्रालयको छ। सांस्कृतीक रुपमा विश्वमा आँफुलाई विस्तार गरिरहेको चीनका संस्कृतीमन्त्रीको भ्रमणका बेला नेपालले पुरातत्व विषयमा चीनमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीको सिट बढाउन समेत आग्रह गरिने छ। स्रोतका अनुसार नेपालले पनि साँस्कृतिक आदन प्रदान वृद्धी गर्ने घेषणा गर्ने तयारी गरेको छ। ‘साँस्कृतिक आदान प्रदान बृद्धी गर्न हामी विशेष अनुरोध गर्नेछौं र हामी पनि यसलाई बृद्धी गर्ने तयारीमा छौं,’ स्रोतले भन्यो, ‘चीनमा पुरातत्व विषयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको सिट संख्या बढाउन पनि हामी आग्रह गर्ने छौं।’चीनीया संस्कृतीमन्त्री वु नेपाल सरकारको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका हुन्। तीने दिने उनको भ्रमणमा उनीसँगै अन्य ५ जना चीनीयाँ पदाधीकारी रहनेछन्। नेपाल आएकै दिन उनी काठमाडौंमा राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्। परराष्ट्र मन्त्रालयका अनुसार उनले प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराल, संस्कृतीमन्त्री मिनेन्द्र रिजाल, प्रमुख राजनीतिक दलका शिर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको छ। मंसिर २० गते लुम्बीनीको अवलोकन गरी २१ गते उनी स्वदेश फर्कने छन्।

 

source- nagarik

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s