माओवादी स्थायी समिति बैठक जारी


ठाँटी पोखरी(गोरखा), मंसिर १० – माओवादी स्थायी समितिको बैठक गोरखाको ठाँटी पोखरीमा बसिरहेको छ । विस्तारित बैठकलाई थप दुई दिन कसरी संचालन गर्ने बारे छलफल भइरहेको बताइएको छ । बन्द सत्रमा कार्यकर्ताहरुले नेतृत्व समक्ष गरेको विभिन्न खालको प्रश्नको जवाफ कसरी दिने बारे पनि शीर्ष नेताहरुबीच सहमति कायम गर्न बैठक बसेको हो । अध्यक्ष पुष्पकमल दाहाल,उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईबीच कार्यकर्ताको प्रश्नको जवाफका विषयमा सामान्य सहमतिको प्रयास बैठकमा गरिएको स्रोतले जनाएको छ । विहान ९ बजेबाट बन्द सत्रमा नेताहरुले जवाफ दिने कार्यक्रम रहेको छ । विस्तारित बैठक भोलि-शनिबार) सकिदैंछ । समापन कार्यक्रमका विषयमा पनि बैठकमा छलफल हुँदैछ । समापनका दिन पालुङटारमा आमसभा गर्ने कार्यक्रम रहेको छ ।

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s