सोलुखुम्बुमा लैगिंक हिसा बिरुद्धको १६ दिने अभियान शुरु


मङ्सिर-१०,सोलुअनलाइन । लैंगिक हिसा मुक्त नेपाल निर्माण गरौं भन्ने मुल नारा सहित शुरु भएको १६ दिने अभियानका क्रममा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारले घोषणा गरे अनुसार सन २०१० को नेभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने अभियानलाई जिल्लाभरि सञ्चालन गर्नको लागि सो अन्तरकृया गरिएको हो ।

लैगिंक हिसाको नाममा जिल्लामा अहिलेसम्म घरेलु हिसांका घटनाहरु बढी हुने गरेका छन । अन्तरकृयाले लैंगिक हिंसा बिरुद्धको कार्यक्रमका लागि महिला बिकास कार्यालद्धारा संचालित घरेलु हिंसा प्रभावितहरुका लागि सेवा केन्द्रका साथमा जिल्लास्थित सरकारी तथा गैरसकारी संस्थाका ईकाई कार्यालय र गाउँ स्तरका समूहहरुलाई परिचालन गर्ने निष्कर्ष समेत निकालेको छ ।

सो कार्यक्रम सञ्चालनमा आवश्यक सामाग्री महिला विकास कार्यालय सोलुखुम्बले ब्यवस्थापन गर्नेछ । लंैगिक हिंसा विरुद्ध चेतनामुलक कार्यक्रम सञ्चालन गर्न कार्यालय, संस्था तथा समुहहरुले सन २०१० डिसेम्बर १० तारिकसम्ममा प्रगति विवरण पेश गरिसक्नु पर्ने निष्कर्ष अन्तरकृया कार्यक्रमले निकालेको छ । अन्तरकृया कार्यक्रम अभियानका जिल्ला स्रोत समुह संयोजक प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s