सोलुखुम्बु ट्रेलको उपाधि पुरुष उत्तरकुमार र महिला याङडीलाई


९ मंसिर (सोलु अनलाइन) – तेश्रो सोलुखुम्बु ट्रेल २०१० दौड प्रतियोगीतामा पुरुषतर्फ संखुवासभाका उत्तर कुमार राई र महिला तर्फ टाक्सिन्धु ३ सोलुखुम्बुका याङडी लामा शेर्पा प्रथम हुनुभएको छ । स्पोटर््स एडभेन्चर पीक ट्रेक एण्ड एक्सपिडिसनको आयोजनामा दोलखाको जिरीवाट नेभेम्बर ११ मा शुरु भएको सो दौडमा सवै भन्दा छोटो समयमा दुरी पार गर्दै राई र शेर्पा प्रथम हुनुभएको हो ।
३ सय किलोमिटरको १३ दिने दौडमा पुरुषतर्फ टाक्सिन्धु ७ सोलुखुम्बुका दावा शेर्पा दोश्रो तथा ग्रीसका नागरिक निकोस तेश्रो हुनुभयो । प्रतियोगीतामा महिलातर्फ भने निमा याङजी शेर्पा र डोल्मा शेर्पा क्रमशः द्वितिय र तृतिय भएकी छिन ।
प्रतियोगीतामा ७ नेपाली सहित ५० विदेशी धावक २ जना डाक्टर, २ जना मसाजकर्मी, २ जना फ्रान्सका सञ्चारकर्मी र सेक्रेटरी १ जना गरी ७ जना अन्य बिदेशी पनि सहभागी रहेको आयोजक दोर्जी शेर्पाले जानकारी दिनुभयो ।
नेपाली आयोजक दोर्जी शेर्पा र फ्रान्सका आयोजक दावा छिरी शेर्पाले सो दौड प्रतियोगीताको आयोजना गर्नुभएको हो । कुल ४० हजार युरो लगानीको यस दौडको बिजेता, उपबिजेता र तेश्रो स्थान हात पार्ने खेलाडीले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैंया प्राप्त गर्नेछन् ।
दौड सोलुखुम्बुको जुनबेसी, शस्रबेनी, थामे, लबुचे, फेरुच नाम्चे हुदै आज लुक्लामा आईपुगेर सम्पन्न भएको हो । टोलीलाई लुक्लस्थित हिमालय लज तथा तारा लजले स्वागत गरेको थियो । विजेता धावकहरुलाई काठमाण्डामा एक समारोहका विच पुरस्कार वितरण गरिने छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s