कार्यदिशा तय नगरी माओवादी बैठक सम्पन्न


११ मंसिर (सोलु अनलाइन) – नेताहरु बीच एक अर्कामा आरोप प्रत्यारोपले चर्चा पाएको माओवादी विस्तारित बैठक ठोस कार्यदिशा तय नगरी आज सकिएको छ । ७ दिनसम्म चलेको माओवादी विस्तारित बैठकले तत्कालका लागि शान्ति र संविधानको कार्यनीति तय गर्ने र बैठकले शान्ति र संविधान निर्माणमा अवरोध भए विद्रोहमा उत्रने निस्कर्ष समेत निकालेको छ ।
विस्तारित बैठकका निर्णयहरु सार्वजनिक गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक पछि पार्टीमा तीनवटा दस्तावेज नभएको बताउनुभयो । बैठकले ए. माओवादीलाई एकताबद्ध बनाएको दाबी गर्दै प्रचण्डले पार्टी फुटाउने सपना देखेकाहरुलाई पार्टीको एकताले झापड दिएको बताउनुभयो ।
उपाध्यक्षद्धय बाबुराम भट्टराई र मोहन बैद्यले आफ्नो एकीकृत प्रतिवेदनमा कुरा राखेको र एक भएका भन्दै प्रतिक्रियावादीहरुको सपना चकनाचुर भएको बताउनुभयो । उहाँले विस्तारित बैठकमा तीनवटै विषयलाइ समेटेर एक प्रतिवेदन बनाउने विषयमा सहमति भएको र त्यसका लागि केन्द्रीय समितिलाई जिम्मेवारी दिएको बताउनुभयो ।
शान्ति र संविधानका लागि पार्टीहरुसँग वार्ता गर्ने काम पनि जारी राख्ने र काठमार्डौ फर्किने वित्तिकै छलफल सुरु गर्ने बताउनुभयो । प्रचण्डले चाहेको भए अध्यक्षको प्रतिवेदन पारित भयो भन्ने पार्न सकिन्थ्यो तर त्यो विधिबाट नभई अर्को विधिबाट छलफल गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष मोहन वैद्य किरणले सबै दस्तावेजका वारेमा केन्द्रीय समितिमा थप छलफल गर्ने बताउनुभयो । पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिमा छलफल हुने बैद्यको भनाई थियो ।
अर्का उपाध्यक्ष बाबुराम भट्टराईले आफु अध्यक्षको प्रतिवेदनमा विलिन नभएको र के गर्ने भन्ने विषयमा केन्द्रीय समितिले तय गर्ने बताउनुभयो । उहाँले तुरुन्त मिलाउने विषय मिलाएको र बाँकी मतभेद रहेका विषय केन्द्रीय समितिले टुङगो लगाउने बताउनुभयो । भट्टराईले भन्नुभयो “तुरुन्त गर्ने विषयमा भने हामी एकै छौं  दस्तावेज एउटै हुन्छ, तर फरक मत हुन्छन्  ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s