सकियो एशियाड, चीन १९९ स्वर्ण सहित पहिलो


१२ मंसिर (सोलु अनलाइन) – सोह्रौं एसियाली खेलकुद प्रतियोगिता एसियाड भब्यताका साथ हिजो चीनमा सकिएको छ । गए राति चिनको गोन्झाउमा भव्य समारहेका बीच समापन गरिएको हो । सदा झै यस पटक पनि एशियाडमा चीनको अग्रतालाई कसैले उछिन्न सकेन । यस पटक चीन १ सय ९९ स्वर्ण, १ सय १९ रजत र ९८ काश्य सहित कुल ४ सय १६ पदक जित्दै प्रतियोगितामा पहिलो स्थान ओगट्न सफल भयो ।
यसै गरी ७६ स्वर्ण ६५ रजत र ९१ काश्य सहित २ सय ३२ पदक जित्दै दक्षिण कोरिया दोस्रो स्थानमा र ४८ स्वर्ण ७४ रजत र ९५ काश्य पदक सहित जापान तेश्रो स्थानमा रह्यो ।
यस पटकको एशियाडमा नेपालले भने  मात्रै १ काश्य पदक जित्न सफल भया । १ सय ४० नेपाली खेलाडीको टोलीमा मुक्केवाज दीपक महर्जनले मात्रै नेपाललाई काश्य पदक पदक दिलाउन सफल भए ।
एसियाका ४५ देशका १४ हजार भन्दा बढि खेलाडीको सहभागिता रहको प्रतियोगितामा ५५ खेलमा ४ सय ७६ स्वर्णको लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले २० खेलमा  मात्र सहभागिता जनाएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s