ढुंगाले किचिएको महिलाको उद्धार गर्दै


लमजुङको चण्डीस्थान गाउँ विकास समिति वडा नम्बर ९, चनौटे नजिकै मर्स्याङदी नदी किनारामा ढुंगाले किचिएको अबस्थामा रहेकी एक महिलाको तीन घण्टापछि उद्धार गरिएको छ । मर्स्याङ्दी नदीमा ढुङ्गाले किचिराखेको दाउरा तान्ने क्रममा २४ वर्षिया मनमाया गुरुङलाई आज आईतवार दिउँसो ढुंगाले किचेको थियो ।

ढुङ्गाले किचेपछि हारगुहार गरेकी गुरुङको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासिन्दाको टोलीले उद्धारको प्रयास गरेका थिए । करिब तीन घण्टासम्मपनि सकुसल उद्धार गर्न नसकेपछि लमजुङ सामुदायिक अस्पतालका चिकित्सको सहयोगमा खुट्टा काटेर गुरुङलाई निकालिएको थियो । गुरुङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा सामान्य उपचार पछि पोखरा लगिएको छ । उनको अबस्था गम्भिर भएको लमजुङ सामुदायिक अस्पताल लमजुङले जनाएको छ । गोरखा सौरपानी गाविस वडा नं. ९ स्थायी घर भएकी गुरुङ विगत ३/४ वर्षदेखि लमजुङमा मजदुरी काम गर्दै आएकी थिईन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s