पूर्वमन्त्री बलबहादुर केसीलाई पुलिसको झापड


केपी ढुंगाना, काठमाडौं मंसिर १३ – शुक्रबार, बेलुका नौ वजे महानगरिय प्रहरी प्रभाग कमलपोखरीको कार्यालयमा करिव ६ फुट अग्लो एक ब्यक्ति युवतीसहित ठूलो स्वरमा कराउँदै छिरे। ‘क्या हो, एकपटक भनेको सुन्दैन प्रहरीले? तिमिहरुले मैले भनेको नमानेको?, जागिर खान मनछैन कि क्या हो ‘ भन्दै उनी प्रहरी कार्यालयको ड्युटी अफिरसर सई लिलाबहादुर कुँवर नजिक पुगे। युवती उनको पछिपछि थिइन्। प्रभागका केही प्रहरी लिएर प्रहरी निरीक्षक मिलन केसी गस्तीमा निस्किएका थिए।

केही प्रहरी आराम गर्न व्यारेक छिरिसकेका थिए। ति व्यक्ति अझै कराउँदै थिए, ‘विहान आएर सम्झाएको, मलाई नटेर्ने ? म कोहुँ चिनेकै रहेनछन्।’ हल्ला सुनेर प्रभागका हवल्दार मेजर तोपनारायण महतो जंगिदै वरिपरी भएका प्रहरीलाई आदेश दिए, ‘ को हो यो प्रहरी कार्यालयमा आएर थर्काउने यसलाई भाटा हान।’ उनको आदेश लगत्तै वरिपरी रहेका प्रहरी ती व्यक्तिमाथि जाइलागीहाले। होहल्ला बढ्दै गयो, प्रहरीको संख्या पनि थपिँदै गयो।

प्रत्यक्षदर्शीका अनुसार व्यारेकमा आराम गरीरहेका केही प्रहरी समेत थपिँदा एक्ला ब्यक्तिलाई कुट्ने प्रहरीको संख्या १० नाघिसकेको थियो। ति प्रौढसँगै आएकी युवती पनि भिडमा मिसिइन, छुटाउन। उनी अगाडि बढे लगत्तै प्रहरी जवान विष्णु राईले गालामा चड्कन लगाइदिए।

कुटिने ब्यक्ति चिच्याए, ‘म पूर्व मन्त्री बलबहादुर केसी हुँ’।’  प्रहरीहरु रोकिएर तितरवितर भए। प्रभाग प्रमुख केसीलाई कार्यालयमा भएका घटनाबारे जानकारी भइसकेको थियो। उनी कार्यालयभित्र छिरे। नभन्दै उनको अगाडि प्रभागका प्रहरीवाट कुटाई खाएर थिलथिलो भएको ब्यक्ति थिए नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केसी। अनी उनीसँगै रहेकी युवती थिईन उनकी श्रीमती रिना।

प्रहरी स्रोतका अनुसार कमलपोखरीको चारढुंगामा घर बनाउँदै गरेको स्थानमा युवाहरु भेला भएर हैरान बनाएपछि केसीले शुक्रबार विहान कमलपोखरी प्रभागका प्रहरीलाई आफ्नो क्षेत्रमा गस्ती बढाउन आग्रह गरेका थिए। उनले युवाहरुले हल्ला गरेर हैरान बनाएको भन्दै नियन्त्रणका लागी आग्रह गरेपछि प्रहरीले हुन्छ भनेका थिए।

तर, बेलुका घर फर्कदा युवाहरु भेला भएर हल्ला गरिरहेको देखेपछि केसी दम्पत्ति मोटरसाईकल लिएर प्रहरी कार्यालय पुगेका थिए। कांग्रेस नेता रामशरण महतको छोराको पार्टीमा सहभागी भएर फर्किएका केसी प्रहरीले काम नगरेको भन्दै बेलुका कार्यालय पुग्दा पिटिएका थिए।

प्रहरी कार्यालयमा पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रिय नेता कुटिएको खवर महानगरिय प्रहरी परिसर काठमाडौंमा रिर्पोटिङ भएपछि एक जना डिएसपी आधा घन्टापछि कमलपोखरी प्रभाग पुगेका थिए। प्रत्यक्षदर्शीका अनुसार डिएसपीले उनलाई नमस्कार गरेर भित्र कोठामा बस्न आग्रह गरे। तर, उनी ‘कि मलाई कार्वाही गर्नुस् कि उनीहरुलाई कार्वाही गर्नुस’ भन्दै बाहिरै बसेका थिए। प्रहरीस्रोतका अनुसार डिएसपीको आग्रहपछि उनी बल्ल भित्र बस्न तयार भएका थिए। उनले डिएसपी र इन्सपेक्टरसँग गुनासो गरे। ‘म पूर्व मन्त्री हुँ भन्दाभन्दै कुटे, मैले के गल्ती गरेको छु र मलाई पिटेको, मेरी श्रीमतीलाई पनि कुट्ने,?’

दुबै प्रहरी अधिकारीले पटक पटक केसीस”ग माफिमागिरहेपनि केसी दम्पत्तिले नमानेपछि प्रहरी अधिकारीले घटनामा संलग्न प्रहरीहरुलाई कार्वाही गर्ने दोहोर्‍याएपछि दुबै शान्त भएका थिए। प्रत्यक्षदर्शीका अनुसार इन्सपेक्टर केसीले घटनाको बेला कार्यालयमा रहेका सबै प्रहरीलाई लाईनमा राखेर पहिचान गर्न लगाएका थिए। नेता केसी दम्पत्तिले आठ जना प्रहरीको पहिचान गरेपछि प्रहरी अधिकारीले उनीहरुलाई कार्वाहीको गर्ने बताएपछि बेलुका करिव एक वजे नेता केसी प्रहरी कार्यालयवाट बाहिरिएका थिए।

काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले प्रहरी नचिनेर सामान्य दुर्ब्यबहार भएको बताए। गुनासो आएलगत्तै प्रहरी उनको घरको क्षेत्रमा गएर गस्ती गरेको बताउँदै उनले भने, ‘पछि प्रहरीले उहाँहरुलाई स-सम्मान घरमै पुर्‍याइदिएको थियो।’ तर नेता केसीले भने आफु प्रहरी कार्यालय नगएको र आफुमाथि कुनै दुर्ब्यबहार नभएको दावी गरे। मिडियासँग कुरा गर्दै उनले भने, ‘हैन यी सब हल्ला मात्र हुन।’

Source : Nagarik

Advertisements

14 thoughts on “पूर्वमन्त्री बलबहादुर केसीलाई पुलिसको झापड

  1. Policele thikai ta gareka huni?Officema gayara tharkaune adhikar uslai6?K u mantri ho bhanera nidharma lekhiyako hun6?Bdhai6 duty officer jasle mantriko namma fatahalai thappad hanne aadesh diyo.Malai biswash6.S.P. Ramesh kharelle yaha pani gulami gardaina.

  2. Ma ta sarai khusi baya. Yakdam ramro kaam garechha Bal bhadur kc lai godera.Thulo manchhe paltera tharkauna khoje pachhi yestai hunchha. Mero bichar ma ajai ali kutai pugena hola.Bale lai pitne police harau lai mero thanks….

  3. very good police . yo parakhal chadanaya lai ali japada kama bayo jaso6. kaha bata paisa layar naya ghar banaya6 kthmandu ma?????

  4. कुनै एक जमानामा गृहमन्त्रीका दाबेदार पुर्व मन्त्री बलबहादुर के.सी. आज तेही मन्त्रालय अन्तर्गतका प्रहरी जवानको झापड खादा कति बेईज्जतिको महसुस भयो होला / अब उनले यसबाट के पाठ सिक्नु पर्छ भने कुनै पनि काममा धैर्यता र सम्म्यमता हुनु अति आवश्यक हुन्छ/
    -शेखर गौतम
    सोतांग सोलु

  5. yo lai pitanaya police ko ho? ha ha ha ha ha ha ha sayabasa .yo kukur ko puchra bojaya mutuwa timaburbhotaya ko manama paisa khanaya kukur pani husiyar?????

  6. thank you officer he was minister before but not now. He is a normal citizen now. I know I vote for him ……big mistake. people in solu should realize what he done for his district. three house in kathmandu hahahaha janta ko paisa. Please officer we have to slap more minister. We will support for you.Hamro nepal ko neta derai cha kutnu ra uni haru ko sampati kaha bata kamayo banera.I know 95% people is not educated so is hard for them to understand. our officer shouldn’t get punishment for that. We will salute

  7. बैरांगी साइला बिकसित देशहरुमा चाहे त्यो राष्ट्रपतिको छोरा, छोरी नै किन नहोस गल्ति गरेको खण्डमा साधारण जनता सो सरह कानुन बमोजिम कार्यवाही हुन्छ | नेपालमा भने भू. पु. मन्त्रीले पनि सुरक्षाकर्मी कहाँ गएर भू. पु. मन्त्री को धाक लगाएर थर्काउने गर्दछन, यो कतिको जायज छ ? के. सी. मन्त्रीमात्र होइन सबै राज-नेतामा सुधार आउनु पर्छ |

  8. बिकसित देशहरुमा चाहे त्यो राष्ट्रपतिको छोरा, छोरी नै किन नहोस गल्ति गरेको खण्डमा साधारण जनता सो सरह कानुन बमोजिम कार्यवाही हुन्छ | नेपालमा भने भू. पु. मन्त्रीले पनि सुरक्षाकर्मी कहाँ गएर भू. पु. मन्त्री को धाक लगाएर थर्काउने गर्दछन, यो कतिको जायज छ ? के. सी. मन्त्रीमात्र होइन सबै राज-नेतामा सुधार आउनु पर्छ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s