यो दु:खी जीबनमा-अम्बिका लिम्बु


आउँनु है मायाँ देउरालीछेउमा बस्नेछु पर्खेर
पोको पारी ल्याउनु है मायाँ दिलभरी बोकेर
सम्झना आँउछ बिगतको अतित आँखामा छाईरहन्छ
बिर्सन्नु खोच्छु बितेका पल झझल्को आइरहन्छ
साथ छोडी गयौ एक्लै पारी अरुकै हात समाई
जीन्दगी बितोष हरपल तिम्रो खुसीले रमाई
हेर्न म चाहन्न तिमीलाई दु :खमा रोएको
लछिन बसोस तिम्रो हातमा ढुंगा छुँदा सुन भएको
के नै दिन सक्थेर म जस्तो दु :खीले
घर आँगन तिम्रो छाई रहोस हर दिन खुसीले
आशाको दियो बाली रहनु मायाँ चाहिँ नमारी
मायाँको चिनो संगाली दिनु त्यो आँसु नझारी
तिम्रो यादमा कति रुझें त्यो सावनको झरीमा
आँसु सिबाय के नै छर यो दु :खी जीबनमा

अम्बिका लिम्बु
हाँगुम-१ सिरान टोल पाँचथर

Leave a comment