रिमरेकको सहयोगवाट एक हजार बढि लाभान्वित


१४ मंसिर (सोलु अनलाइन) – बैकल्पिक उर्जा प्रदर्बन केन्द्र उर्जा क्षेत्र सहयोग कार्यक्रम श्रोत ब्यबस्थापन तथा ग्रामिण शसक्तीकरण केन्द्र रिमरेकले सञ्चालन गरेको लघु जलबिद्युत सहयोग कार्यक्रमवाट सोलुखुम्बुका १ हजार ४ सय ७७ घरपरिवार लाभान्वित भएका छन् ।
रिमरेकका अनुसार सोलुखुम्बुमा हालसम्म सम्पन्न भएका १० वटा योजनाबाट उत्पादन भएको १ सय ३२ दशमलव २ किलोवाट बिद्युतबाट ति घरपरिवार लाभान्वित भएका हुन् । रिमरेकले आज सल्लेरीमा आयोजना गरेको जिल्ला स्तरीय अर्धबार्षिक समन्वय बैठकमा सो जानकारी गराईएको हो । त्यस्तै रिमरिकको सहयोगमा अहिले सोलुखुम्बुमा ३ वटा योजना निर्माणाधिन अबस्थामा रहेका छन् । जसको कुल क्षमता १ सय ११ किलोवाट हुने र ९ सय ९३ घरधुरी लाभान्वित हुने जनाइएको छ ।

यसै गरी आयोजनाले निकट भविष्यमा सोलुखुम्बुमा कुल ५ सय २५ दशमलव ५ किलोवाट बिद्युत उत्पादन हुने गरी ८ वटा योजना सञ्चालन गर्ने र जसबाट ३ हजार ७ सय ५१ घरधुरी लाभान्वित हुने रिमरेकले जनाएको छ । रिमरेकले अहिले सोलुखुम्बुका बिभिन्न ८ वटा गाविसमा सुधारिएको चुल्हो सम्बन्धि कार्यक्रम समेत शुरु गरेको छ ।

आज भएका समन्वय बैठकमा बोल्नुहुँदै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले कार्यक्रम प्रभावकारी हुनुको साथै महत्वपुर्ण भएको बताउनु भयो । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, कार्यालय तथा संघसंस्थाका प्रमुखहरुका साथमा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s