अनेरास्ववियूको सम्मेलन माघमा, किसान महासंघको चैत्रमा


१५ मंसिर (सोलु अनलाइन) – अनेरास्ववियू सोलुखुम्बुको आठौ जिल्ला सम्मेलन यहि माघ १२ र १३ गते हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष आङङिमा लामाको प्रमुख आतिथ्य र जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज डिल्ली राईको उपस्थितिमा हिजो सम्पन्न अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटीको बैठकले जिल्ला अधिवेशन सो मितिमा हिमालदर्शन उच्च मावि नेचामा गर्ने निर्णय गरेको हो ।
बैठकले बिधान अनुसार सम्पूर्ण शैक्षिक संस्थावाट सम्मेलनमा सहभागी गराउने र सम्मेलन व्यवस्थापनका लागि जिल्ला कमिटी सदस्य कृष्ण ढुंगेलको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ ।
आयोजक कमिटीका अध्यक्ष सरोज खालिङको अध्यक्षतमा भएको बैठकले सम्मेलनलाई भव्य र सभ्य बनाउन १८ जना सदस्यलाई आयोजक कमिटीको सदस्यको रुपमा मनोनित गरेको छ ।
सम्मेलन आयोजक कमिटीका अध्यक्ष खालिङका अनुसार अनेरास्ववियूको क्याम्पस कमिटीले सम्मेलनमा सहभागी हुँदा रु ३ हजार, उच्च मावि प्रारम्भिक कमिटीले रु. २ हजार र माध्यमिक विद्यालय प्रारम्भिक कमिटीले रु. १ हजार बुझाउनु पर्ने समेत निर्णय गरेको छ ।
यसै बीच अखिल नेपाल किसान महासंघ सोलुखुम्बुको तेश्रो जिल्ला सम्मेलन आगामी चैत्र महिना भित्र हुने भएको छ । महासंघ सोलुखुम्बुका अध्यक्ष आङदामी शेर्पाको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s