जि फाउण्डेसनवाट स्थानीयबासी लाभान्वित


१६ मंसिर – जि फाउण्डेशन नेपालको सहयोगमा सोताङ्गमा सम्पन्न भएको खानेपानी योजनाबाट सोताङ्गको वडा नम्बर ७ र ८ बाहेक सबै वडाका उपभोक्ताहरु लाभान्वित भएका छन् ।
फाउण्डेसनद्वारा बुधबार सदरमुकाम सल्लेरीमा आयोजित जिल्ला स्तरीय अन्तक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो । २ वटा वडा बाहेकका सबै जसोको पहुँचमा खानेपानीको व्यवस्था भएको फउण्डेसनको दाबी छ ।
अन्तरिक्रिया कार्यक्रममा गराइएको जानकारी अनुसार फाउण्डेसनको सहयोगमा गुदेल गाविसमा एक घर एक चर्पी अभियान अन्तर्गत १ सय ४५ घरमा चर्पी बनाएर प्रयोग गर्न थालेका छन् । अन्तरक्रियामा जि फाउण्डेशन नेपालले अहिलेसम्म गरेको कार्यको समिक्षा गर्नुको साथै भाबी कार्य योजनाको बारेमा नव ज्योति सृजना युवा समिति गुदेल र सोलुखुम्बु विकास समिति सोताङ्गले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
फाउण्डेसनले आयोजना क्षेत्रका बिद्यालयहरुमा भौतिक निर्माण तालिम, छात्रबृत्ति लगायत्का सहयोग पनि गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी यादव सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरिक्षक सुदम कुमार सिजापति लगायत् बिभिन्न कार्यलय तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रम जि फाउण्डेसन नेपालको आयोजना र सोलुखुम्बु विकास समाज सोताङ्ग र नव ज्योति सृजना युवा समिति सोलुखुम्बु प्रायोजमा सम्पन्न भएको हो । source : solu fm

Advertisements

One thought on “जि फाउण्डेसनवाट स्थानीयबासी लाभान्वित

  1. Naba jyoti ra solukhumbu bikash samaj sotangko prayojak ko lagi ta thanks but ramro saman nakinikana sotang basi ra gudel basila thageko 6 6aina niyerkel garna jaruri 6

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s