सिएनएन हिरो अनुराधा कोइरालालाई भव्य स्वागत


१६ मंसिर, काठमाडौं । यस बर्षको सिएनएन हिरो घोषित हुनु भएकी माईती नेपालकी अध्यक्ष अनुराधा कोइराला हिजो स्वदेश फर्कनु भएको छ । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बाजागाजा सहित भव्य रुपमा स्वागत गरिएको थियो ।अनुराधालाई स्वागत गर्न कालाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि विमानस्थल पुग्नु भएको थियो ।

विमानस्थलमा प्रतिक्रिया दिँदै कोइरालाले भन्नुभयो, ‘मेरो निःस्वार्थ लगनशीलताको प्रतिफल हो । यो मुलुककै जीत पनि हो ।’ माइती नेपाल लगायतका बिभिन्न संघ संगठनले बिशेष सम्मानका साथ कोइरालालाई त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलबाट माइती नेपालसम्म पुर्‍याएको थियो ।

अमेरिकी टेलिभिजन सिएनएनले मंसिर ५ गते चेलीबेटी बेचविखनविरुद्ध योगदान पुर्‍याएको कोइरालालाई यस वर्षको ‘सिएनएन हिरो-२०१०’ले सम्मान प्रदान गरेको थियो । सिएनएनले सन् १९९३ बाट अनवरत रुपमा बालबालिका र महिला बेचविखनविरुद्ध माईती नेपाल नामक संस्थाबाट अभियान सन्चालन गर्नु भएकी कोइरालाले १२ हजारभन्दा बढी युवती र महिलाहरुको उद्धार गरीसक्नु भएको छ ।

विश्वभरमै सामाजिक क्षेत्रमा सकृय योगदान पुर्‍याउने एकजना नागरिकलाई सिएनएनले हरेक वर्ष ‘सिएनएन हिरो’ले सम्मान गर्दै आएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s