सल्लेरीमा लाडेसेडिङ बढ्यो


१९ मंसिर (सोलु अनलाइन) – सोलुखुम्बुको सदरमुकाम क्षेत्रमा विद्युत वितरण गरिरहेको सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले लोडसेडिङको समयावधि बढाएको छ । कायम रहेको लोडसेडिङको समयमा कम्पनीले शुक्रबारदेखि ४५ मिनेट थप गरेको हो ।
कम्पनीको क्षमतालाई ग्राहकको उच्च मागले धान्न नसके पछि कम्पनीले लोडसेडिङको समय बढाइरहेको छ । विहान ६ बजेदेखि ९ः१५ बजेसम्म र बेलुकी ४ः३० बजेदेखि ८ः३० बजेसम्म विभिन्न क्षेत्रमा लोडसेडिङ गरिने कम्पनीका टेक्निकल अफिसर रामेश्वर मास्केले बताए । नयाँ तालिका अनुसार हरेक उपभोक्ताकोमा दैनिक रुपमा कम्तीमा २ घण्टा ४५ मिनेट लोडसेडिङ हुनेछ ।
लेडसेडिङको समय बढ्नासाथ स्थानीय दुई वटा सामुदायिक रेडियोहरु यसको प्रत्यक्ष मारमा परेकाछन् । दुई मध्ये सामुदायिक रेडियो सोलु एफएमले लोडसेडिङको समयमा समेत प्रसारणको व्यवस्था मिलाएको छ भने लोडसेडिङसँगै अर्को रेडियो, रेडियो दुधकोशीको प्रसारण भने बन्द हुने गर्दछ । बढ्दो लोडसेडिङले व्यापार व्यवसायमा समेत नकारात्मक असर पारेको ज्वालामाई अफसेट प्रेस तथा डिजिटल फोटो स्टुडियोका सञ्चालक बद्रिराज राईले बताए ।

उपभोक्ताहरुवाट ६ सय किलोवाट विद्युतको माग भए पनि हाल कम्पनीले ३ सय ८० किलोवाट विद्युत मात्रै उत्पादन तथा वितरण गर्दै आएको छ । कम्पनीले सदरमुकाम सल्लेरी र गार्मा गाविसको केही भागमा विद्युत वितरण गरिरहेको छ । कम्पनीले आगामी २ बर्ष भित्रमा थप २ सय किलोवाट विद्युत उत्पादन तथा वितरण गर्ने जनाएको छ ।

टेक्निकल अफिसर मास्केका अनुसार ११ सय ३० घरधुरी कम्पनीको उपभोक्ता रहेकाछन् । स्वीस सहयोग विकास नियोगको सहयोगमा कम्पनीले बि.सं. २०४४ सालदेखि विद्युत वितरण शुरु गरेको हो ।

Advertisements

One thought on “सल्लेरीमा लाडेसेडिङ बढ्यो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s