जसिहाङ राईको “सोलु एकल साँझ” सल्लेरीमा


भूपाल राना, सल्लेरी/मङ्सिर-१९ (सोलुअनलाइन) । यहि मङ्सिर २५ गते हुन गै’रहेको जिमी(राई) उत्थान समाज, स्थानिय समिती सोलुखुम्बुको तेस्रो सम्मेलनको अवसरमा उक्त संस्थाको आयोजनामा सोलुखुम्बु,नेचा वेतघारीका गायक जसिहाङ राईको “सोलु एकल साँझ” उक्त दिन साँझ ५ बजे सल्लेरीमा हुने भएको छ।

उक्त कार्यक्रममा गायक राईले आफ्नो एकल रचना, संगीत एवं स्वर समेटिएको विविध गीतहरु प्रस्तुत गर्ने छन भने स्थानिय कलाकारहरुले गायक राईलाई साथ दिन आकर्षक नृत्य प्रस्तुतीहरु पनि समवेश गरिने कुरा आयोजक समितिले सोलुअनलाइन बताउनु भयो।

पहिलो पटक हुन गै’रहेको जसीहाङ राईको यो सांगीतिक “सोलु एकल साँझ” सोलुखुम्बुकै पहिलो एकल साँझ हुने भएको छ। उक्त साँझलाई सफल पार्न र निकै उत्साहित बनेका गायक राईले सफलता पाउने कुरामा ढुक्क बनेका छन । सोलुअनलाइनको छोटो कुराकानीमा भन्नुभयो “सोलुवासीहरुको मन जित्नको लागि मैले अथक मेहनत र प्रयास गरेको छु र आशा छ सोलुवासीहरुले मलाई साथ दिनुहुनेछ” हाम्रो पनि शुभ-कामना जसीहाङ राईलाई।

 

3 thoughts on “जसिहाङ राईको “सोलु एकल साँझ” सल्लेरीमा

  1. jasihang ji lai safaltako agrim suvakamana cha,,,solu jasto pichadiyeko jilla ma yasari ekal saangitik kaaryakram garnu kam gaarho cha tyaile uhalai saath dinuhune solu ka sthhaniya kalakaar saathiharu lai ni mero thank yu cha,,
    purna bds khaling, haal uk,(solu basa, khastap -4)

  2. बधाई छ जसिहंग जी लाई भबिस्यमा अझै शिखर चुम्न सफल हुनु होला !
    योदन राई
    सिंगापुर

  3. Sangitko chhetrama pichhadiyeko haryo Solumaa pailo choti huna lageko Jashihang eakal sanjh ko khabar padhna pauda ma harsabibhor chhu. Ati nae sarahaniya lagyo tapaiharuka parayas. karyakrmko saphaltako kaman gardachhu

Leave a comment