दाहालले विद्यार्थी नेतालाई भने, ‘जनविद्रोहका लागि तयार रहनुस्’


काठमाडौं, मंसिर २० – माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्भावित जनबिद्रोहका लागि तयार रहन विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन् । आफ्नै निवासमा सोमबार अखिल क्रान्तिकारीका नेताहरुसँगको बैठकमा दाहालले मुलुक गम्भीर संकटनमा फस्न लागेको उल्लेख गर्दै जनविद्रोहका लागि बिद्यार्थी शक्ति परिचालन गर्ने बेला आउन लागेको बताएका हुन् । माओवादीका केन्द्रीय पदाधिकारीहरु उपाध्यक्षहरु, महासचिव, सचिव समेत सहभागी भएको बैठकमा दाहाले मुलुकमा शान्ति र संविधनमा गम्भीर षडयन्त्र भइरहेको उल्लेख गर्दै जनविद्रोहका लागि तयार हुनुपर्ने बताएका हुन् ।

‘व्यापक जनपरिचालनसहति जनविद्रोहमा लाग्नु पर्ने अवस्था आउन सक्छ, त्यसका लागि तयार हुनुपर्छ’ दाहालको भनाइ उद्धृत गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेल भने, ‘अब एकपटक शक्तिशाली धक्का नदिई जनताको भविष्य छैन ।’

शान्ति र संविधानमा षडयन्त्र भए जनबिद्रोहमा जाने निश्कर्ष पालुङटार बैठकले निकालिसकेको छ । संविधानसभाको म्याद जेठ १४ गतेसम्म प्रगतिशील संविधान’ बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरिसकेको छ । source : ekantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s