सल्लेरीमा महिला स्वास्थ्य स्वयम् सेविका दिवस कार्यक्रम


२० मंसिर (सोलु अनलाइन) – “महिला स्वास्थ्य स्वयम्सेविकाको सेवा, स्वास्थ्य समाजको लागि टेवा” भन्ने मुल नाराका साथ हिजो जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले ¥याली कार्यक्रम गरी सातौं महिला स्वास्थ्य स्वयम्सेविका दिवस मनाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको प्राङगनबाट शुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालय सल्लेरी हुदै पुन कार्यालय प्राङगनमा पुगी कोण सभामा परिणत भएको थियो । कार्यक्रममा सोलु अस्पताल फाप्लुका स्वास्थ्यकर्मी, प्राविधिक शिक्षालयका अनमी लगायतको सहभागीता रहेको थियो ।
यसैगरी इलाका स्वास्थ्य चौकी गार्माले पनि  विभिन्न कार्यक्रम गरी ७ औ महिला स्वास्थ्य संयम सेविका दिवस मनाएको छ ।
९ वटै वडाका महिला स्वास्थ्य संयम सेविका र इलाका स्वास्थ्यचौकीका कर्मचारीहरुको सहभागितामा विभिन्न नारा सहित गार्माको ४ वटा वडा परिक्रममा गरी दिवस मनाएको ईलाका स्वास्थ्य चौकी गार्माका इञ्चार्ज नसिम रायनले जानकारी दिनु भएको छ ।
महिला स्वास्थ्य स्वयम् सेविका दिवसका अवसरमा  देशभरी विभिन्न कार्यक्रम आयोजना भएकाछन् । यस्तै स्वयमसेवीका दिवसको अवसरमा प्रथामिक स्वास्थ्य केन्द्र सोताङ्ग सोलुखुम्बुले पनि ¥यालि निकालिएको छ ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेवीकाको साथमा स्थानिय महिलाहरुको उपस्थिति रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s