सोलुखुम्बुको पहिलो ऐतिहासिक, साहित्यिक, लोक सँस्कृति महोत्सव सल्लेरीमा शुरु


नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपतिद्वारा महोत्सवको उदघाटन
२१ मंसिर (सोलु अनलाइन) – सोलुखुम्बुको पहिलो ऐतिहासिक, साहित्यिक, लोक सँस्कृति महोत्सव आजदेखि सल्लेरीमा शुरु भएको छ । जिल्ला विकास समितिको समिक्षालयमा भएको महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ गंगाप्रसाद उप्रेतिले पानसमा बत्ति बालेर गर्नुभयो । कार्यक्रममा बोल्नुहुदै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति उप्रेतीले सोलुखुम्बुको सोलुखुम्बु जिल्ला जैविक, भौतिक, भाषिक र सास्कृतिक विविधता भएको नुमना जिल्ला भएकोले यहाको कला, साहित्यलाई माथि उठाउन प्रतिष्ठानले भाषा, भेषभुषा लगायतका सुचना प्राप्त गर्ने पनि यो कार्यक्रम सोलुखुम्बु जिल्लामा गरेको बताउनुभयो ।
महोत्सवमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपा एमालेका अध्यक्ष आङङिमा लामाले साहित्यिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने बताउनुभयो । वहाले राजनीतिमा पनि साहित्य रहेको तर्क गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सोलुखुम्बुका कार्यवाहक सभापति चन्द्रप्रसाद आचार्यले साहित्यले मुलुक परिवर्तन सम्भव भएको भन्दै साहित्यकारहरु राजनीतिक दलका पछाडि भने लाग्न नहुनेमा जोड दिनुभयो । चोमोलुङमा प्रतिष्ठान नेपालका अध्यक्ष पविधन खालिङले साहित्य तथा संगीतको दृष्टिकोणवाट सोलुखुम्बु पछि परेको अनुभव भएको बताउँदै जिल्लामा हुने साहित्यिक कार्यक्रमहरुले त्यसको अभाव परिपूर्ति गर्न सकिने बताउनुभयो । खालिङले राज्यले सोलुखुम्बुलाई मात्रै देखेको र हेरेको कारण पनि साहित्यि र संगीत पछि परेको हुन सक्ने टिप्पणी गर्नुभयो ।


महोत्सवमा वरिष्ठ गजलकार तथा साहित्यकार बुद राना, प्राज्ञ सुलोचना मानन्धर र प्राज्ञ डा. गोविन्दप्रसाद भट्टराईको समेत उपस्थिति रहेको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख जिलला अधिकारी यादव सुवेदी, स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, प्रहरी नायब उपरिक्षक सुदमकुमार सिजापति, विभिन्न राजनीतिक दलका प्रतिनिधी, कार्यालय प्रमुखहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने विभिन्न गा.वि.स.वाट आएका श्रष्टाहरुले आफ्नो रचना बाचन तथा स्थानीय गायक गायिकाहरुले गीत समेत प्रस्तुत गरेका थिए । भोलीसम्म चल्ने महोत्सवमा बहुभाषिक कवि गोष्ठी तथा लोक सँस्कृतिको प्रदर्शन तथा रचना वाचन गर्ने कार्यक्रम रहेको छ । रचना वाचनमा विभिन्न ११ भाषीका कविहरुले भाग लिएकाछन् । ति ११ भाषीका स्थानीय कविहरुका साथमा राष्ट्रिय स्तरका कवि तथा प्राज्ञहरुवाट पनि आफ्नो रचना बाचनको कार्यक्रम रहेको महोत्सवका संयोजक भद्रगोल किरातीले जानकारी दिनुभयो ।

महोत्सवकै अवसर पारेर सदरमुकाम सल्लेरीमा भोली बैरागी काइला चोक घोषणा गरिने भएकोछ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइलाको सम्मानमा सल्लेरीको जिल्ला विकास समिति अगाडिको चोकलाई बैरागी काइला चोक घोषणा गरिने भएकोहो । वहाको सम्मानस्वरुप सो घोषणा गर्न लागिएको कार्यक्रम संयोजक भद्रगोल किरातीले जानकारी दिनुभयो ।

Advertisements

One thought on “सोलुखुम्बुको पहिलो ऐतिहासिक, साहित्यिक, लोक सँस्कृति महोत्सव सल्लेरीमा शुरु

  1. सोलुखुम्बुको पहिलो ऐतिहासिक, साहित्यिक, लोक सँस्कृति महोत्सव सल्लेरीमा संचालन भएको सुन्न पाउँदा अतिनै खुशी लाग्यो । यस कार्यक्रमले सोलुखुम्बु जिल्लाको जैविक, भौतिक, भाषिक र सास्कृतिक विविधतालाई अरु धेरै परिचित गरायो भन्ने अड्कल काट्न सकिन्छ । सोलुखुम्बुको कला, साहित्यलाई माथि उठाउन प्रतिष्ठानले भाषा, भेषभुषा लगायतका सुचना प्राप्त गर्न सकिने यो कार्यक्रम सोलुखुम्बु जिल्लामा गरेकोमा प्रतिष्ठानलाई धेरै-धेरै धन्यवाद ।
    साथै यो कार्यक्रम संचालन गर्न धेरै लामो समयदेखि वि-भिन्न आफ्ना कथिनाइहरूसित् शंघर्ष गर्दै कार्यक्रम सफल पर्न मेहनत गरिरहनु भएका संचक मित्र भद्रगोल किराँती (मनोज कु. राई) लाई विशेष धन्यवाद दिन चाहन्छु ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s