एमाले अखिलमा तनाव / आधा दर्जन केन्द्रीय सदस्य घाइते


काठमाडौं, मंसिर २२ – स्पष्ट दुई खेमामा विभाजित एमाले विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा बुधबार तनाव भएको छ । दुई समूहबीच भएको झडपमा उपाध्यक्ष नविना लामासहित आधा दर्जन घाइते भएका छन् ।

बैठकमा अध्यक्ष झलनाथ खनाल समूहको विरोधकाबीच महासचिव किशोरविक्रम मल्लले राजनीतिक प्रतिवेदन पारित भएको घोषणा गरेपछि झडप भएको थियो । कुर्सी हानाहानमा उपाध्यक्ष नविना लामासहित सचिवालय सदस्यहरु चर्तुभूज शाही, गौतम राई, कमला बोहोरा, आरती लामालगायत घाइते भएका छन् ।

खनाल पक्षीय नेताहरुले अध्यक्ष माधव ढुंगेलले राजनीतिक प्रतिवेदनमा सहमति नजुटाएको तथा पदीय बाँडफाँड एकलौटी गरेको आरोप लगाएका छन् । असन्तुष्टहरुले उपाध्यक्ष सुधीर शाहको नेतृत्वमा छुट्टै राजनीतिक प्रस्ताव पारित गरेका छन् । ‘अध्यक्षले प्रतिवेदनलाई फाइनल नगरी जबरजस्ती पास गराउन खोज्नुभयो, पदीय बाँडफाँड पनि एकलौटी भएपछि बहुमतले त्यसलाई अस्वीकार गर्ने काम भयो,’ सचिवालय सदस्य कमल बस्नेतले भने ।

सवै केन्द्रीय सदस्यहरुको परिचयसमेत नगराई अध्यक्ष ढुंगेलले हतारमा एकलौटी बैठक टुंग्याउन खोजेको उनले आरोप लगाए ।

जनकपुरमा सम्पन्न राष्ट्रिय सम्मेलनमा ढुङ्गेलसहित अधिकांश पदमा ओलीपक्षीय उम्मेदवार विजयी भएपछि अनेरास्ववियु स्पष्ट दुई खेमामा विभाजित छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s