सरकारले अनुदान दिए तत्काल मुल्यबुद्धि फिर्ता लिने – महाप्रबन्धक


मुल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी – विद्यार्थी र उपभोक्ता
२२ मंसिर, काठमाण्डौ (सोलु अनलाइन) – नेपाल आयाल निगमका महाप्रवन्धक दिगम्बर झाले सरकारले ४० करोड रुपैया अनुदान दिए निगमले पेट्रोलियम पदार्थको बढेको मुल्य तत्काल फिर्ता लिने बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै महाप्रवन्धक झाले निगम मुल्य बृद्धिको पुनरावलोकन गर्न तयार रहेको र यसकोलागी प्रस्ताव पनि सरकारलाई पठाईसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–अर्थमन्त्री र आपूर्ति मन्त्रीसँग मुल्य फिर्ता लिने विषयमा कुराकानी भईरहेको छ । यदि सरकारले आजै मलाई रकम अनुदान दिने निर्णय गर्यो भने अहिले नै मुल्य फिर्ताको घोषणा गरिदिन्छु ।
उहाँले थप्नुभयो–अहिले मुल्य समायोजन नगर्ने हो भने बजारमा पेट्रोलियम पदार्थको अभाव हुने र त्यसले कालाबजारी बढाउने छ । सहज आपूर्तिकोलागी हामिले मुल्य बढाएका हौं । निगमको घाटा दिन प्रतिदिन चुलिदै गएको अवस्थामा सरकारी अनुदान वा मुल्य बृद्धि बाहेकको विकल्प नरहेकोले निगम यस्तो अलोकप्रिय निर्णय गर्नु परेको उहाँको तर्क थियो ।
साक्षात्कारमा नेपाल उपभोक्ता महासंघ महासचिव ज्योति बानीयाँले आजभित्रैमा निगमले बढेको मूल्य फिर्ता नलिए आन्दोलनमा जाने बताउनुभयो । उहाँले उपभोक्ताको आन्दोलनले मात्र सरकारलाई बाध्य पार्न नसक्ने भन्दै विद्यार्थीहरु आन्दोलनको नेतृत्वले लिएर अगाडि बढाउन आब्हान गर्नुभयो । उहाँले भन्नुभयो–निगमले मुल्य बृद्धि फिर्ता नलिए आन्दोलनको ज्वार भाटा उठाउछौ त्यसले निगम र सरकारलाई खरानी बनाउने छ ।
अनेरास्ववीयू क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले सरकारले बढेको मुल्या फिर्ता नलिए आन्दोलनको आधि बेहरी सृजना गरेर फिर्ता लिन बाध्य पार्ने चेतावनी दिनुभयो । आफूहरु छलफलमा रहेको भन्दै विद्यार्थीको आन्दोलनलाई भोलीबाटै देशब्यापी बनाउने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो–अब बढेको मुल्य नघटाउँदासम्म आन्दोलन रोकिदैन ।
एमाले निकट यूवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले पनि महंगी विरुद्धको आन्दोलनलाई मुल्य बृद्धि फिर्ता नभएसम्म जारी राख्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको विषयलाई लिएर विद्यार्थी र उपभोक्ताले सुरु गरेको आन्दोलनको साथमा आफूहरु पनि रहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले राजनीतिक दल र तीनका भातृसंगठनले समाजिक विषयको आन्दोलनलाई अगाडि बढाउन नसकेको गुनासो पनि गर्नुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s