टिम्बुरबोटे सम्बन्धी वृत चित्र लोकार्पण


२३ मंसिर (सोलु अनलाइन) – सोलुखुम्बुको टिम्बुरबोटे घटना सम्बन्धमा निर्माण भएको वृत चित्रको आज काठमाण्डौमा लोकार्पण गरिएको छ । “नेपाली कांग्रेस, अन्तिम शसस्त्र क्रान्ति टिम्बुरबोटे” नाम दिइएको सो वृत चित्रमा टिम्बुरबोटे घटनाका शहिद परिवार, प्रत्यक्षदर्शी तथा सरोकारवालाहरुको आवाज समेटिएको छ ।
वृत चित्रमा पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति स्व. गिरिजा प्रसाद कोइरालाको मन्तव्य समेत राखिएको छ । टिम्बुरबोटे शहिद स्मृति सरोकार समाज नेपालका अध्यक्ष केशर थुलुङको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेस सोलुुखुम्बुका सभापति आङगेलु शेर्पाले टिम्बुरबोटे घटनाका बारेमा टिप्पणी गर्नुभएको थियो ।
नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय नेता तथा सभासद्हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बलबहादुर केसी भने उपस्थित हुनुभएन ।
४२ मिनेट लामो वृत चित्रका निर्देशन जगत नेपालले गर्नुभएको छ । वृत चित्र छिट्टै सदरमुकाम सल्लेरीमा समेत प्रदर्शन गरिने भएको छ । २०३१ सालको पुसमा टिम्बुरबोटेमा दर्जनौ कांग्रेस कार्यकर्ताहरुको हत्या भएको थियो । टिम्बुरबोटेका नाममा विभिन्न व्यक्तिले भ्रष्टाचार गरेको आरोप लगाइदै आएको छ ।

Advertisements

2 thoughts on “टिम्बुरबोटे सम्बन्धी वृत चित्र लोकार्पण

  1. Why Corruputed guy is not attended. He bacame minister selling a Name of the Martiers but he sounds absend. Is not a fair manner.

  2. yo timabur batayako nama ma paisa khanaya balaya chor ,ani mutuwa bojaya ko hosiyar ????? kunai pani bayala marana saka6 hai..yo kura sataya6.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s