म विदेश गए नि अरु नेता बिरामी थिएनन् होला नि ?


काठमाडौं, मंसिर २५ – प्रधानमन्त्री माधवकुमार नेपालले दलहरुबीच राजनीतिक सहमति नभएकाले तत्काल संसद् अधिवेशन नबोलाउने बताएका छन् । कांग्रेस र माओवादीले सरकारलाई संसद अधिवेशन तत्काल बोलाउन भनिरहेका बेला प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन् ।

‘राजनीतिक दलहरुबीच सहमति निर्माण गरेरमात्र अधिवेशन बोलाउनुपर्छ,’ कम्बोडिया र बेल्जियमको दशदिने भ्रमण सकेर शुक्रबार फर्किएका नेपालले त्रिभुवन विमानस्थलमा भने, ‘सकेसम्म छिटो राजनीतिक निकास दिनुपर्छ भन्ने पक्षमा म छु ।’

कामचलाउ प्रधानमन्त्रीले संसद अधिवेशन छल्न खोजेको भन्दै कांग्रेस र माओवादीले आलोचना गरिरहेका बेला उनले अधिवेशनका लागि दलहरुबीच सहमतिलाई पूर्वसर्त बनाएका हुन् । संसद अधिवेशन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बोलाउनुपर्छ ।

माओवादीले संसदको विशेष अधिवेशन बोलाउन हस्ताक्षर गरिरहेकोप्रति प्रधानमन्त्रीले संविधानले दिएको अधिकार सबैले प्रयोग गर्नसक्ने धारणा राखे । ‘दलहरुबीचको सहमतिबाट अधिवेशनलगायतका बिषयमा एउटा साझा समदारी बनाउनुपर्छ,’ उनले भने, ‘तर यदी कसैलाई सहमति छाडेर अधिवेशनतिरै हतार छ भने संविधानको दिएको अधिकार प्रयोग गर्न जसले पनि पाउँछ ।’

राजनीतिक गतिरोध चुलिएका बेला विदेश भ्रमणमा गएकोमा आलोचना भए पनि त्यसलाई उनले गम्भीरतापूर्वक लिएनन् । प्रधानमन्त्रीले आफूलाई राष्ट्रपति र सभामुखले मुलुकलाई राजनीतिक अन्योलमा छाडेर विदेश नजान गरेको आग्रहबारे जानकारी नभएको बताए । ‘प्रधानमन्त्री आफ्नो नियमित काममा हिड्नै पर्छ,’ उनले भने, ‘राष्ट्रपति र सभामुखज्यूले खै कहिले विदेश नजाउ भन्नुभयो, मलाई थाहा भएन ।’

राष्ट्रपति रामवरण यादव र सभामुख सुबास नेम्बाङले कामचलाउ प्रधानमन्त्री नेपाललाई भेटेरै राजनीतिक अन्योलमा विदेश नजान आग्रह गरेका थिए । राष्ट्रपतिले दुई जनाबीचको कुरकानीमा त्यस्तो आग्रह गरे पनि सभामुखले उनलाई सार्वजनिक रुपमै विदेश नजान ध्यानकर्षण गराएका थिए ।

आफू विदेश गएका कारण गतिरोध अन्त्य गर्ने सवालमा कुनै असर नपरेको दावी गर्दै नेपालले भने, ‘म विदेश गएकोले यहा हुने कुनै नेता बिरामी त थिएनन् होला नि ।’ उनले विदेशमा रहे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले महासचिव ईश्वर पोखेरल, काग्रेसका विभिन्न तहका नेतासँग निरन्तर टेलिफोन सम्पर्कमा रहेको जानकारी दिए ।

प्रधानमन्त्री नेपालले दुई मुलुकको भ्रमण गरेर आफूले नेपालको छवि उचो राख्ने काम गरेको दाबी गरे । ‘दुबै भ्रमण सफल र अन्तर्राष्ट्रिय स्तरमा नेपालको भूमिका र छवी उचो राख्ने काममा सहयोगी भए,’ उनले भने ।

यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने अवसर गुमे पनि यी दुई भम्रण नछुटाएर आफूले राम्रो गरेको बताए । राष्ट्रसंघको महासभामा आफू नगएर राम्रो नभएको उनले दोहोर्‍याए ।

महासभामा आफू जान नपाएको आक्रोश उनले पत्रिका र तिनका सम्पादकमाथि पोखे । ‘संयुक्त राष्ट्रसंघको महासभाको महत्व नबुझी जानु हुँदैन भनेर त्यत्तिकै केही पत्रपत्रिका र तिनका सम्पादकले सम्पादकीयमार्फत् गीत गाए,’ पत्रिका र सम्पादकको नाम नलिईकन उनले  भने, ‘त्यो महासभामा नगएर नेपालको लागि राम्रो भएन ।’

प्रधानमन्त्रीले पत्रिका र सम्पादकहरुलाई दोषि देखाए पनि उनले सुशील प्याकुरेल, कनकमणि दिक्षितलगायतका ‘आफ्ना असल मित्रले समेत नजान आग्रह गरेपछि महासभा जाने निर्णय बदलेको’ सार्बजनिक रुपमै बताएका थिए ।

प्रधानमन्त्री एसियाली राजनीतिक दलहरुको संगठनको सम्मेलनमा भाग लिन कम्बोडिया र युरोपियन दिवसमा सहभागी हुन बेल्जियम गएका थिए । source : ekantpur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s